पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रुपले गलत रहेको बताएका छन् ।

२०७७, ६ पुष सोमबार ०९:५४

६ पौष, काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रुपले गलत रहेको बताएका छन् । मुलुकमा भइरहेको राजनीतिक र संवैधानिक घटनाले आफू दुःखी र मर्माहत बनेको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सोमबार सम्बोधन गर्दै उनले भने, ‘मलाई हिजोको घटनाले मर्माहत र दुःखी बनाएको छ, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन ।’ आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदनलाई पूर्वराष्ट्रपति यादवले संविधानविपरीत चालिएको स्टेप भएको बताए ।

उनले संविधानमा नै नभएको स्टेप चाल्दा राष्ट्रपति जस्तो संस्थाले जनतालाई अभिभावकत्व दिन नसकेको गुनासो गरे । ‘प्रधानमन्त्री, राष्ट्रपति जस्तो संस्थामाथि म कहिल्यै बोल्न गरेको छैन, हिजोको घटनाले मर्माहत भएको छु, अब बोल्छु,’ उनले थपें, ‘राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन ।’ राष्ट्रपतिको पदमा बस्ने व्यक्ति उत्तरदायित्व पूरा गर्न चुकेको उनले औंल्याए । असंवैधानिक संसद् भंगले लोकतन्त्रिक गणतन्त्रको बाटोलाई समेत आघात पुगेको उनले बताए । ‘अहिलेका सम्माननीय राष्ट्रपति र प्रधानन्त्रीले हस्ताक्षर गरेर दिएको संविधान मैले जनताका लागि अर्पण गरेको हुँ,’ उनले भने, ‘अहिले राष्ट्रपतिको संस्थालाई चोट पुगेको छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु