पाल्पा । पाल्पामा बुधबार थप एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिकाका ७ का ७७ बर्षीय पुरूष रहेकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थी बताउनु भयाे । संक्रमित पुरूषकाे लुम्बिनी मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
Comments