नेपाल । सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले कोरोनाको कारणले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ । कोरोना भाईरसको सङ्क्रमण बढदै जान थालेको र यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । मकालु बरुण राष्ट्रिय निकुञ्जले गत वर्ष जेठ १५ गतेदेखि असार १३ यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको थियो । सङ्क्रमणको जोखिम उच्च हुने देखिएपछि रोक लागाइएको निकुञ्जले जनाएकोछ ।निकुञ्जको सूचना विपरीत यार्सागुम्बा सङ्कलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन बमोजिम कारवाही हुने बताइएको छ ।
यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । यस क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकोले सङ्कलन रोक लगाए पछी वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने खर्च पुर्याउन गार्यो हुने बताउछन् ।