सन्ताेष गहतराज , पाल्पा बैशाख ८, साथै परिवर्तनकाे लागि भन्ने उदेश्य साथ पछिल्लो समयमा सामाजिक कार्यमा सर्किय रहेको सस्था पहिलाे पाईला नेपाल पाल्पा शाखाले रिब्दीकाेट गाउँपालिकाले स्थापना गरेको काेराेना राहत काेषमा रूपैयाँ १० हजार नगद राशी हस्तान्तरण गरेको छ ।
विश्वव्यापी माहामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेविड १९ काे संक्रमण राेक थाम तथा नियन्त्रण काेषमा पहिलो पाइला नेपाल पाल्पा शाखाका सस्थापक सदस्यहरूले रकम संकलन गरेकाे रकम सस्थाका सचिव दिपक पाण्डे सदस्य सुरक्षा पाैडल पाण्डे,सदस्य ओम प्रसाद पाण्डे लगाएतले गाउँपालिकामा पुगेर गाउँपालिका अध्यक्ष नारायण जिसीलाई हस्तान्तरण गर्नुभएकाे हाे ।
नगद ग्रहण गर्दै रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले सहयोगकाे लागि पहिलो पाइला नेपाल पाल्पा शाखालाई धन्यवाद दिदै यस्तो काेराेना भाइरसकाे संक्रमणकाे समयमा सहयाेगकाे ठुलो महत्त्व हुने बताउनु भयाे । यसरी गाउँपालिकाले पहिलाे चरणमा राहत वितरण गरि सकेकाे र दाेस्त्राे चरणमा राहत काेषमा संकलित भएको राहत विभेदहिन र पार्दशी ढंङगले पालिका भित्रका मजदुर,दैनिक ज्याला दारी गरेर जीवनयापन गर्ने नागरिकहरूकाे चुलाे निभ्न नदिनकाे लागि राहत वितरण गर्ने अध्यक्ष नारायण जिसीले बताउनु भयाे ।
पहिलो पाइला नेपाल पाल्पा शाखाले यस अगाडि रैनादेवी छहरा गाउँपालिकाकाे राहत काेषमा सबै भन्दा पहिला राहत काेषमा नगद राशी हस्तान्तरण गरेको थियाे ।