सर्जक नमिता दवाडीले आफ्नो बिचार अनी रित्तो कचौरा, बा-आमाको आदर्श पनि फिक्का लाग्छ , लडीरहेको भोको पेटमाथी , कुरा आफ्नो कबिता मार्फत बेक्त गर्नुभएकोछ ।
कविता :- जिन्दगीको दौडानमा,
हरेक पटक पैताला उचालिए सँगै ,
ठोकिएको छु म उनीहरूसँग ,
सडक पेटीमा होस् या
आकाशे पुलहरुमा,
विकसित मुलुक,
विकासोन्मुख,
या विकसितमा !
जहाँतहीँ देख्छु म फैलिएका खाली हातहरु,
कहिं कर्कस आवाजसँगै,
हजुर दया गर्नुहोस् ! हजुर !!
कहिँ कुरुप अक्षरमा,
स्पेअर क्वाइन प्लीज!
होमलेस !
यस्तै यस्तै ।
बुझ्ने नहुन्जेल सधैं भर्न मन लाग्थ्यो,
त्यो रित्तो कचौरा,
आजकल,
बा-आमाको आदर्श पनि फिक्का लाग्छ ,
लाग्छ गलत सिकाउनु भएको रहेछ,
खोइ किन हो आजकल ,
पटक्कै पग्लिँदैन मन यी सबैले,
कहिल्यै लाग्दैन केही दिउँ जस्तो,
यी हातले सुक्को नझारेको पनि वर्षौँ भएछ,
त्यो रित्तो कचौरामा,
न त खन्याएको छु थोरै सहानुभूति ,
त्यो पोलेको घाउ,
चुडिएको घुँडा अनि
लडीरहेको भोको पेटमाथी ,
किनकि! मलाई थाहा छ,
उ यसरी नै भोकै ,
नाङ्गै ,
बर्षौ बाँच्न सक्छ ।
पैसाको भिख त उसलाई दिनु छ,
जो पैसो बिना निस्प्राण हुन्छ,
जो,
पैसाको लागि ईमान बेच्छ,
पैसाको लागि छोरीको घाँगर बेच्छ ,
पैसाको लागि आमा बेच्छ,
सास नफेरी पैसाकै जप जपिरहन्छ,
आउ कचौरा लिएर मेरो सामु
म तिमीलाई मेरो सर्बस्व दिनेछु ,
गरिब अरबपती ,
बिन्ती!
आमा नबेच पैसाको निम्ति ।
कविता :-
जिन्दगीको दौडानमा,
हरेक पटक पैताला उचालिए सँगै ,
ठोकिएको छु म उनीहरूसँग ,
सडक पेटीमा होस् या
आकाशे पुलहरुमा,
विकसित मुलुक,
विकासोन्मुख,
या विकसितमा !
जहाँतहीँ देख्छु म फैलिएका खाली हातहरु,
कहिं कर्कस आवाजसँगै,
हजुर दया गर्नुहोस् ! हजुर !!
कहिँ कुरुप अक्षरमा,
स्पेअर क्वाइन प्लीज!
होमलेस !
यस्तै यस्तै ।
बुझ्ने नहुन्जेल सधैं भर्न मन लाग्थ्यो,
त्यो रित्तो कचौरा,
आजकल,
बा-आमाको आदर्श पनि फिक्का लाग्छ ,
लाग्छ गलत सिकाउनु भएको रहेछ,
खोइ किन हो आजकल ,
पटक्कै पग्लिँदैन मन यी सबैले,
कहिल्यै लाग्दैन केही दिउँ जस्तो,
यी हातले सुक्को नझारेको पनि वर्षौँ भएछ,
त्यो रित्तो कचौरामा,
न त खन्याएको छु थोरै सहानुभूति ,
त्यो पोलेको घाउ,
चुडिएको घुँडा अनि
लडीरहेको भोको पेटमाथी ,
किनकि! मलाई थाहा छ,
उ यसरी नै भोकै ,
नाङ्गै ,
बर्षौ बाँच्न सक्छ ।
पैसाको भिख त उसलाई दिनु छ,
जो पैसो बिना निस्प्राण हुन्छ,
जो,
पैसाको लागि ईमान बेच्छ,
पैसाको लागि छोरीको घाँगर बेच्छ ,
पैसाको लागि आमा बेच्छ,
सास नफेरी पैसाकै जप जपिरहन्छ,
आउ कचौरा लिएर मेरो सामु
म तिमीलाई मेरो सर्बस्व दिनेछु ,
गरिब अरबपती ,
बिन्ती!
आमा नबेच पैसाको निम्ति ।
नमिता दवाडी
गोर्खा नेपाल
हाल: न्युजिल्यान्ड ।