पुर्वखाेलामा विद्युत नपुगेको स्थानहरुमा विद्युतिकरणको काम सुरु ।

२०७७, ३ कार्तिक सोमबार १३:३२

सन्ताेष गहतराज , पाल्पा । पाल्पा – जिल्लाकाे  पुर्वखाेला गाउँपालिकाले लामो समयदेखि विद्युतको प्रतिक्षामा रहेका स्थानीयलाई विद्युतको पहुँच पुर्याउने गरेर कामको थालनी भएको हो ।

गाउँपालिकाको वडा नं. २ जल्पाको दाङ्सिङ खारक, धुसेनी र वडा नं. १ को छिसको लागि विद्युतको विस्तार गर्नको लागि हाइटेन्सन लाईनको विस्तार काम भएको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले  बताउनुभयो । उहाका अनुसार विद्युत प्राधिकरणको लगानी र उपभोक्ताहरुको केही श्रमदानमा आयोजना संचालन भइरहेको र दशैं तिहारभित्र नै जडान गर्ने गरी काम भएको भएता पनि कोरोनाले गर्दा केही ढिला हिुन गएको बताउनुभयो । अबका दिनमा गाउँपालिकाले विद्युत विस्तारसँगै गाउँमा अध्याँरोमा बस्नुपर्ने बाध्यता समेत हट्ने विश्वास रहेकाे थापाले लिनुभयो ।

Comments

ताजा खबर