के हो कुशे औंसी ? बुवाको मुख हेर्ने दिनलाई कुशे औंसी, पित्री तीरपानी औंसी र गोकर्ण औंसी पनि भनिन्छ । बुवालाई मिठो खानेकुरा खुवाएर र उपहार दिएर यो दिन मनाइन्छ । बुवाको मुख हेर्ने दिन बुवाले गरेका त्याग, समर्पण र मायालाई विशेष रुपमा सम्झिने अवसर हो । जन्मदेखि सन्तानको लालनपालन तथा उज्वल भविष्यको लागि बुवाले धेरे संघर्ष गरेका हुन्छन् । आफ्नो छोराछोरीको खुसीका लागि एउटा बाबुले यति धेरै संघर्ष गरिरहेका हुन्छन्, एक दिन मुख हेरेर त्यसको क्षतिपूर्ति हुनसक्दैन । कसरी मनाइन्छ कुशे औंसी ? बुवा नभएका व्यक्तिहरुले आफ्नो बुवाको सम्झनामा पण्डितलाई सिदा, लुगा वा आफू खुशी दान दिने गर्छन् ।
यो दिनमा प्राय काठमाडौंमा रहनेहरु आफ्नो स्वर्गिय पिताको यादमा गोकर्ण पुगेर श्राद्ध र पिन्ड दान गर्छन् । गोकर्ण पुग्न नसक्ने मानिसहरु भने पिताको नाममा घरमै र नजिकैको धार्मिक स्थलमा श्राद्ध गर्ने गर्छन् । सो दिनमा स्वर्गीय पिता छोराछोरीले दिएको दान लिनका लागि गोकर्ण आउँछन् भन्ने आम विश्वास छ । पण्डितले दान, उपहार र भेटी स्वीकारे भने ती सबै स्वर्गीय पितासम्म पुग्ने मान्यता छ । विभिन्न भाषा र संस्कृतिमा छरिएर रहेका नेपालीहरुल आआफ्नै कला संस्कृति र रितीरिवाज अनुसार बुबाको मुख हेर्ने गरेका छन् । कसैले बिहान केही नखाइकन बुवालाई ढोगेर मिठो खानेकुरा खुवाएर बुबाको मुख हेर्छन् भने कतिपयले बेलुका मनाउने गर्छन् । प्राय नेवार समुदायले कुशे औंसी बेलुका मनाउने गर्छन् । मिठो खाना, नँया लुगा, रमाइलो गर्ने सम्पुर्ण ठाउँ र संस्कुति अनुसार फरक पर्नेगर्छ । विवाहित छोरीहरु कुशे औंसीको दिन आफ्नो बुवाको लागि मिठो परिकार बनाएर, फलफुल, उपहार र सगुन लिएर बुवाको घर जाने गर्छन् । अविवाहित छोरीहरु भने घरमै स्वादिष्ट खाना बनाई बुबालाई खुसी पार्ने प्रयास गर्छन् । बुवासगैं आमालाई पनि मिठाई र उपहार दिएर यो दिनमा रमाईलो गर्ने चलन अहिले सामान्य भएको छ ।
बुवाको मुख हर्ने दिन बुवालाई मात्र सम्मान र आदर गर्ने आमालाई नगर्ने भन्ने हुँदैन । हिन्दु ग्रन्थ अनुसार कुश भन्नाले धार्मिक घाँस बुझिन्छ । औंसीको दिनमा कुश घरमा ल्याउने चलन रहेको छ र यस दिनलाई कुशे औंसी भनिन्छ । श्रीमद भागवत गीता, विष्णु पुराण, अर्थवेद र गरुढ पुराणमा कुशको महत्वको बारेमा लेखिएको छ । संस्कृतमा कुशको महत्व यसरी राखिएको छ । स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ! करौं सदर्भों कुर्वीत तथा सन्ध्याभिवादने !! पिता स्वर्गः पिता धर्मः पिता हि परमं तपः । पितरि प्रितिमापन्ने सर्वाः प्रोणन्ति देवताः ।। म र मेरो परिवारको तर्फबाट सम्पूर्ण मा कुसेऔंसी को हार्दिक मंगलमय शुभकामना I
कैलालीको गौरीगंगा नगरपालिका वडा नं ४ राजिपुर स्थायी घरभइ हाल भारतको हरिद्वारको श्री नारायणी निवास आश्रम मा बस्ने र श्री भारती संस्कृत विद्यालय मा अध्ययनरत १७ वर्षीय छात्र देवराज पुरुष I