काठमाडौं ।यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्टलेवान्डोस्कीले जिते ।
अघिल्लो सिजनको प्रदर्शनको आधारमा उनी स्वभाविक रुपमै अवार्डको हकदार थिए । उनैले नै आधुनिक फुटबलका हस्तीद्वय पोर्चुगिजक्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीलाई पछि पार्दै यो अवार्ड हात पारे । दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो तथा तेस्रो स्थानमामेस्सी रहे ।
अवार्डमा भोटिङ सिस्टम हुने भएकाले कसको भोट कसलाई भन्ने विषयले पनि अर्थ राख्दछ । उत्कृष्ट खेलाडीको भोटिङमा मेस्सीलेरोनाल्डोलाई भोट दिएनन् भने रोनाल्डोले मेस्सीलाई भोट दिएका थिए ।
मेस्सीले पहिलो नम्बरमा नेयमार, दोस्रोमा केलियन एमबाप्पे र तेस्रोमा लेवान्डोस्कीलाई भोटि दिएका थिए । मेस्सीले भोट दिएका दुईखेलाडी शीर्ष तीनमा नै परेका थिएनन् । यता रोनाल्डोले पहिलो स्थानमा लेवान्डोस्की दोस्रोमा मेस्सी र तेस्रोमा एम्बाप्पेलाई भोट दिएकाथिए ।
नेपालका तर्फबाट उत्कृष्ट खेलाडीको भोटिङमा कप्तानका रुपमा भरत खवासले मौका पाएका थिए । उनले भोट नगरेका खेलाडी योपटक च्याम्पियन बने । खवासले मोहम्मद सलाह, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई क्रमश भोट गरेका थिए । खवासलेप्रशिक्षकतर्फ योर्गेन क्लोप, जिनेदिन जिदान र हान्सी फ्लिकलाई रोखका थिए ।
यस्तै प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले भोट गरेका थिए । बालगोपालले मोहम्मद सलाह, रोबर्ट लेवान्डोस्की र केभिन डीब्रुएनलाई भोट गरेका थिए ।
महिलातर्फ नेपालकी कप्तान रेनुका नगरकोटेले साम केर, साकी कुमागाईं र जि सो योनलाई भोट गरेकी थिइन् । प्रशिक्षकतर्फनगरकोटेले स्टेफन लर्च, सरिना वेगम्यान र लुइस कोर्टिसलाई भोट गरेकी थिइन् । प्रशिक्षक हरि खड्काको रोजाइ पनि त्यहि रहयो ।