बगनासकालीमा प्रबेश गर्न ७२ घण्टा भित्रको पि सि आर रिपोर्ट अनिवार्य ।

२०७७, २ कार्तिक आईतवार १२:४०

पाल्पा– बगनासकाली गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पि सि आर रिपोर्ट अनिवार्य गरेको छ । ७२ घण्टा भित्रको पि सि आर नेगेटिभ रिपोर्ट सम्बन्धित वडाध्यक्षलाई बुझाएर मात्र आउन पाउने पालिकाले नियम बनाएको हो ।

त्यस्तै गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु पनि बन्द गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै गएको औल्याउँदै सोमबारदेखि ६ गतेसम्मका लागि गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

गाउँपालिकाले ६ गतेसम्मका लागि पालिकाको कार्यालय, ९ वटै वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिएको छ ।

आईतवार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

Comments

ताजा खबर