रम्भामा गाउँपालिकाकाे अगाहाखाेलामा प्रहरी चौकीको शुभारम्ब ।

२०७७, २ कार्तिक आईतवार ०१:४६

पाल्पा, कार्तिक २ । पाल्पा जिल्लाकाे रम्भा गाउँपालिका वडा न ३ अगाहाखाेलामा लुम्बिनी प्रदेशका प्रहरी प्रवत्ता एस.एस.पी राजकुमार बैदवारले चाडवाडको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिन मातहतका प्रहरीलाई निर्देशन दिदै शाखाकाे शनिबार एक कार्यक्रमका बीच चाैकीकाे शुभारम्भ  गर्नु भएको छ ।

कार्यक्रममा उहाले प्रहरीले जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा अब्बलता देखाउनुपर्ने बताउनुभयो । नागरिकले पनि प्रहरीलाइ सहयोग गर्नुपर्ने भन्दै एस.एस.पी बैदवारले कोरोना नियन्त्रणमा सबैले आ–आफ्नो क्षेत्रबाट कोशिस गर्नुपर्नेमा जोड दिनुभयो ।१५ जनाको दरबन्दी रहेपनि तत्कालका लागी चौकीमा असइको कमाण्डमा १० जनाको जनशति रहने बताइएको छ । चौकी स्थापनापछि रम्भा गाउँपालिकाको ताँहु, रम्भापानी, फोक्सिङकोट, झकेदी, खोकखोला, लिम्बुनीका जनताले सेवा पाउने छन् ।गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले चौकी स्थापनाले स्थानिय जनताको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाको पहलमा नै चौकी स्थापना भएको बताउँदै अध्यक्ष भण्डारीले जनता र स्थानिय सरकार प्रहरीको साथमै रहने धारणा राख्नुभयो ।

कार्यक्रममा पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष कुमार भट्टराई, स्थानिय राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिती थियो ।

Comments

ताजा खबर