तिनाउको अटोमोवाइल प्राविधिक शिक्षालय भवन निर्माण अन्तिम चरणमा

२०७७, २ पुष बिहीबार १३:०६
 पाल्पा । तिलोत्तमा माध्यमिक विद्यालय तिनाउ ३ झुम्साको अटोमोवाइल प्राविधिक शिक्षालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्राविधिक शिक्षा तर्फको अटोमोवाइल संचालन हुदै आए पनि विद्यालयमा भवन अभाव भएपछी प्राविधिक शिक्षाका लागि भवन निर्माण गरिएको हो । तिनाउ गाउपालिका पाल्पाको १ करोड १८ लाखको लागतमा भवन निर्माण गरिएको हो । तिनाउ गाउपालिका पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार गत वर्ष ५० लाख र यो वर्ष ६८ लाख विनियोजन गरि भवन निर्माण भएको हो । भवनको दोश्रो तल्लाको ढलाइ सुरु भएको छ । १४ कोठाको २ तल्ला पक्कि भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । विक्रम संवत २०३० सालमा स्थापना भएको विद्यालयले प्राविधिक शिक्षा तर्फको अटोमोवाइल अध्यापनका स्वीकृती पाएको थियो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु