समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत्प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । कैलालीको टीकापुरनगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक क्षेत्रभित्र ३३ केभीअन्तर्गतका १४ वटा पोल सार्नुपर्ने भएको छ। छ लेन सकड निर्माणाधीन क्षेत्रमा सातवटा टावर र सातवटा टिबलर पोल रहेका छन् ।
यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएको बताइन्छ । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजारक्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्यभागमा पर्न गएकोस्थानीयवासी बताउँछन् । सडकमा भएका विद्युत्का पोल समयमै व्यवस्थापन नहँुदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माणकम्पनीका इञ्जीनियर गगनजङ्ग शाहीले बताउनुभयो ।
“एकातिर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कारण देशमा लकडाउन हुँदा कामदार घर फर्किए । त्यो समयमा काम निरन्तरगर्न सकिएन”, इञ्जीनियर शाहीले भन्नुभयो, “सकड निर्माणकार्य शुरु भएदेखि नै विद्युत् कार्यालयलाई पोल हटाइदिन आग्रह गरिरहेकाछौँ । विद्युत् पोल नहटाएकै कारण काम प्रभावित भएको छ ।”
नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट कैलालीको टीकापुर नगरपालिकामा जमरापुलदेखि बसपार्कसम्म छ लेनको सडकनिर्माण भइरहेको हो । सडक रमन के एस जेभी धनगढीले रु १३ करोड ८९ लाख १९ हजार ७८६ मा निर्माण गरिरहेको छ । निर्माणकम्पनीले अहिले सडकको नाली बनाउने, पर्खाल चिन्ने र कल्भर्ड निर्माण गर्ने काम गरिरहेको छ