झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै

२०७७, ३० आश्विन शुक्रबार ०२:३७

भारतको पश्चिम बङ्गाल बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डरआउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको मेचीनगर१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममाबोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो अपराध नियन्त्रण गर्न हरेक पाँचकिलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताउनुभयो

उहाँले झापामा अरु सातवटा बिओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागुऔषधको कारोवार, तस्करीलगायतअपराध रोक्न सीमाका बिओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो झापामा १४४. किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्ररहेको सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बिओपी स्थापना भइरहेका छन् बिओपीका लागि स्थानीय तहलेदाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन्

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सशस्त्र प्रहरीको बिओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोगगरिने बताउनुभयो भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी ज्यामिरगढी गरी तीनवटाबिओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको सशस्त्र प्रहरीउपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने सीमापार अपराध नियन्त्रण गर्ने बिओपीको लक्ष्य भएको बताउनुभयो

Comments

ताजा खबर