माथागढीले स्वास्थ्य संस्थाहरूको बार्षिक कार्य कार्यप्रगतिको समिक्षा बैठक सम्पन ।

२०७७, ३२ श्रावण आईतवार २१:५९

पाल्पा, जिल्लाकाे माथागढी गाउँपालिकाले पालिका भित्रका  स्वास्थ्य संस्थाहरूको आ.व. २०७६/ ०७७ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

माथागढीले गाउँपालिका अन्तर्गत रहेको ५ वटा स्वास्थ्य चौकी तथा २ वटा स्वास्थ्य इकाईहरुको आ.व. २०७६।०७७ को कार्यप्रगतिको समिक्ष बैठक सम्पन्न गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा , विशिष्ट अतिथि उपाध्यक्ष निर्मला भट्टराई,स्वास्थ्य कार्यालय पाल्पाका ओमप्रकास पन्थी, सुवास दवाडी, स्वास्थ्य संयोजक केशव जि।सी,स्वास्थ्य चौकी प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले स्वास्थ्यलाई माथागढी गाँउपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले सबै दुर्गम गाउँहरुमा स्वास्थ्य इकाई स्थापना, वर्थिङ्ग सेन्टरको स्थापना, स्वास्थ्य सुरक्षा कार्यक्रम लगायतका कामहरु गरिएको बताउनुभयो ।

माथागढी गाँउपालिकाका स्वास्थ्य उपसंयोजक किरण केसीको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले कार्यप्रगति तथा आगामि कार्ययोजनाहरु प्रस्तुत गरेको थिए । स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर ओम प्रकाश पन्थीले कोभिड १९ का कारण कार्यक्रममा केही असहजता भएता पनि स्वास्थ्यको क्षेत्रमा काम सन्तोषजनक भएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त गाउँपालिका घोषणा गर्नका लागि स्वास्थ्य चौकीमा सुविधा सम्पन्न वर्थिङ्ग सेन्टर संचालन गर्ने तयारी भएको बताउनुभयो ।उहाँले सबैको सहयोग र समन्वयले कोभिड १९ को विरुद्ध तथा स्वास्थ्य कार्यक्रममा सहयोग पुगेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु