पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा-बुटलवल सडकखण्डअन्तर्गत सिद्धबाबा नजिकै वाटाेवाट हाइलक्स गाडी तिनाउ खोलामा खसेको छ । पाल्पाको झुम्साबाट बुटवलतर्फ जाँदै गरेको गाडी तिनाउ खोलामा खसेको हाे । प्रदेश ३–०१–२२च–४५२२ नम्बरको हाइलक्स गाडी सिद्धबाबा नजिकै तिनाउ खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । दुर्घटना परि ६ जना घाइते भएका छन् । घाइते हुनेमा चालक पाल्पा तिनाउ गाउँपालिका ३ झुम्साका ३८ वर्षीय दयाराम पाण्डे, सोही ठाउँका २८ वर्षीय कृष्ण बस्याल, ३६ वर्षीय नन्दलाल बस्याल, ४५ वर्षीय बालकृष्ण बस्याल, ३८ वर्षीय शिव पाण्डे, ३८ वर्षीय विनोद पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे छ । दुर्घटना के कारणले भएको भन्नेबारे खुलेको छैन। फाईल तस्विर