कर्णाली प्रदेशमा टेलिफोन सेवा अवरुद्ध

२०७७, २९ आश्विन बिहीबार ०६:२०

कालिकोट, २९ असोज । कर्णाली प्रदेशमा बिहीबार बिहानै देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेश ५ का केहि जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख शिवराज खनालले बताउनु भयो ।

सांकेतिक तस्बिर फाइल फोटो

बुटलवल बिग्रेको खबर आएको र तत्काल मर्मत कार्य भइरहेको खनालले बताउनु भयो ।मोवाइल सेवा, ल्याडलाइन र एडिएसएल सेवा अवरुद्ध भएपछि यहाँका नागरिक सहज संचार सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवामा नेटर्वक आउने जाने समस्या देखिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु