जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण शुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ कोनवलपुरमा १३२÷३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो रगुणस्तरीय बनाउने उद्देश्यले सबस्टेशन निर्माणलाई तीव्रता दिइएको हो ।
नेपाल विद्युत् प्राधिकरणको करिब रु १५ करोड लागतमा विद्युत् सबस्टेशन निर्माण शुरु भएको हो । अठार महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७६ भदौबाट सबस्टेशन निर्माण शुरु गरेको सबस्टेशनका प्रमुख निरञ्जन साहले जानकारी दिनुभयो । सबस्टेशन निर्माण सम्पन्नभएपछि हरिपुर, मलङ्गवाका सबस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने प्रमुख साहलेबताउनुभयो । अहिले जिल्लामा आफ्नो व्यवस्थित सबस्टेशन नहुँदा धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेशनबाटविद्युत् ल्याउनु परिरहेको छ ।
यसरी बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताउनुभयो । सो क्षेत्रबाट विद्युत् ल्याउँदाजङगल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौँ अवरुद्ध हुने गरेको समस्यालाई मध्यनजर गर्दै जिल्लामै सबस्टेशननिर्माण शुरु गरिएको उहाँले बताउनुभयो ।
डेढ वर्षभित्र सम्पन्न गर्ने गरी पावाटेक र वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएका छन् । जिल्लामा केन्द्रीय प्रसारणलाइनको पहुँच पुर्याउन सबस्टेशन निर्माण शुरु भएको हो । जिल्लामा अरु पनि सबस्टेशन रहेका भए पनि सबस्टेशनको क्षमताले अपुगभएपछि छुट्टै यो सबस्टेशन निर्माण थालिएको सबस्टेशनका प्रमुख साहले बताउनुभयो । जिल्लामा उद्योगधन्दा तथा कलकारखाना दिनप्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेशन निर्माण शुरुगरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताउनुभयो ।
अनियमित विद्युत् कटौतीको मारमा जिल्लावासी
केही दिनयता छिनछिनमा विद्युत् कटौती हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन् । दश–दश मिनेटमा विद्युत् झ्यापझ्याप जाने रलाइन आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज आउँदा जिल्लावासी आजित बनेका छन् । अत्यन्त चर्को गर्मी मौसममा अनियमितविद्युत् कटौती हुनु र आउँदा पनि अत्यन्त न्यून भोल्टेज आउँदा पङ्खासमेत नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आएकोजिल्लाका उपभोक्ताहरुको गुनासो छ ।
अनियमित विद्युत् कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्थामा पुगेका एक व्यवसायीले गुनासोगरेका छन् । अत्यन्त न्यून भोल्टेज हुँदा विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्ने अवस्था रहेको व्यवसायीको गुनासो छ। त्यस्तै अनियमित विद्युत् कटौतीले अनलाइन कक्षा पढ्ने विद्यार्थीसमेत मारमा परेका छन् ।
क्षमताभन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत् प्रवाहमा बारम्बार समस्या आइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रसारण लाइन हरिपुर, बरहथवा र मलङ्गवा सबस्टेशन हुँदै जिल्लाभर वितरणभइरहेको छ । “जिल्लाका तीन सबस्टेशनले ३३ केभीबाट लिएको करेन्ट ५०० एम्पियरसम्म पुग्ने गरेको छ तर जिल्लामा विस्तार भएकोतारको क्षमता ४३० एम्पियर मात्रै छ । यसरी तारको क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा जम्पर खाने अर्थात् तारको कनेक्सन छुट्नेसमस्या बारम्बार दोहोरिने गरेको छ”, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख रायले भन्नुभयो ।
उहाँका अनुसार वाग्मती र चन्द्रनिगाहपुरबीचको जङ्गलमा कुनै एक ठाउँमा रुखका हाँगा भाँचिएर तारमा खस्दा पनि लालबन्दीबाटप्राविधिक गएर ठाउँ पहिचान गरी मर्मतको काम गर्दा घण्टौँसम्म विद्युत् ठप्प हुने गरेको छ । हरेक दिन भोल्टेज अनियमित भई विभिन्नसबस्टेशनमा जम्परिङ हुँदा पटक–पटक विद्युत् अनियमित भइरहेको छ । वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिटभएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताएका छन् । जिल्लाको नवलपुरमा बनिरहेको सबस्टेशन सञ्चालनमानआउँदासम्म जिल्लामा विद्युत्को समस्या रहिरहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
–––