पाल्पामा नेपाली काङ्ग्रेसको बिरोध  ऱ्याली ।

२०७७, २९ मंसिर सोमबार १०:१८

पाल्पा । देश व्यापी रूपमा सञ्चालन भइरहेको बिरोध ऱ्याली  पाल्पा पनि नेपाली काङ्ग्रेस पाल्पाले निकालेको छ ।

नेपाली काङ्ग्रेसको पाटी कार्यालयबाट शुरू भएको ऱ्याली आन्दोलन चोक , टुडिखेल, नारायण सिल्खानटो तेस्रो सडक हुँदै विपि चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।  ऱ्याली सहभागी पाटीका कार्यकताहरूले संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दवाद,मुल्य वृद्धि बन्द गर,नालायक भष्ट सरकार मुर्दवाद,नेपाली काङ्ग्रेस जिन्दवाद जय नेपालको नाराले मुक्ति पाउँछन् सारा लगाएतका नारा लगाएका थिए । कार्यक्रम प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका पुर्व सभापति एवम केन्द्रीय सदस्य राजन प्रसाद शर्माले अहिले कम्युनिस्ट सरकार भष्टचारमा मौलाएको बताउनु भयो । देशका सोझा साझा जनतालाई झुक्याएर आफुहरु मोटाउने काम गरेको पनि बताउनु भयो । देशमा कम्युनिस्ट सरकार आएको करिब आधा समय बितिसकेको समयमा महरा काण्ड,सुन काण्ड,बालुवाटार काण्ड,हवाइट बण्डी काण्ड लगाएतका काण्डे काण्डमा सरकार फसेको पनि जिकिर गर्नु भयो ।

कम्युनिस्ट सरकारले जनतालाई झुक्याएर देशलाई भष्टचारमा डुबाएको बताउनु भयो । आफ्ना पाटीका कार्यकताहरूले भष्टचार गरे पनि,अन्याय ,अत्याचार गरे त्यस्को बिरूद्वमा नबोली त्यस्ता कार्यकताहरूलाई संरक्षण दिएको पनि बताउनु भयो । कार्यक्रममा पाटी सभापति वीर बहादुर रानाले लोकतन्त्र राजा महाराजाबाट भन्दा कम्युनिस्ट सरकारबाट लोकतन्त्र खतरामा रहेको बताउनु भयो । देशमा कम्युनिस्ट सरकार आईसके पछि लोकतन्त्रलाई साधन बनाएर लोकतन्त्रको नाममा अधिनायकवाद भित्राउने काम कम्युनिस्ट पाटी गरेको पनि बताउनु भयो । जस्को द्वन्दको स्वरूप आफुहरु भित्र द्वन्द उत्पन्न भएको पनि बताउनु भयो । नेपाली काङ्ग्रेस पाटीले बर्षै देखि सत्ता सञ्चालन गर्दै आएका राजा महाराजालाई समेत फालेको बताउदै टुक्रा टुक्रा परेर बसेका कम्युनिस्टहरू अहिले एक ठिक्का भएकाले अब सकिने पालो कम्युनिस्टको रहेको बताउनु भयो । अबका दिनमा सरकारले आफ्न मागहरूलाई गम्भीर भएर नलिएमा थप आन्दोलनका कार्यक्रमहरू पनि सञ्चालन गर्ने चेतावनी दिनु भयो । कोण सभामा महिला संघकी सभापति गंगा पौडेल ,सम्पूर्ण युवाहरूको तर्फबाट नेपाल विद्यार्थी संघका जिल्ला सभापति सुरेश बोहोरा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम पाटीका जिल्ला सचिव झपेन्द गैरेको सञ्चालन भएको थियो ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु