५० लाखमा झोलुङ्गे पुल

२०७७, २९ कार्तिक शनिबार ०७:२२

गोरखा। गोरखाको आरुघाट गाउँपालिका स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास परियोजनाको आर्थिक सहयोग हिमाली क्षेत्र विकास केन्द्रको समन्वयमा सो पुल निर्माण गरिएको हो

पुल निर्माणमा कूल रु ४९ लाख ९१ हजार ३७६ खर्च भएको केन्द्रका संयोजक वीरबल घलेले जानकारी दिनुभयो निर्माण सम्पन्नभएको उक्त पुलको लम्बाइ ८६ मिटर रहेको पुल निर्माण भएसँगै स्थानीय शङ्कदेवी आधारभूत विद्यालयमा अध्ययन गर्नेबालबालिकालाई आवतजावतमा सजिलो भएको स्थानीयवासी राजकुमार ढकालले जानकारी दिनुभयो   झोलुङ्गे पुल नहुँदासम्मबालबालिकाले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, “पुल बनेसँगै अब ढुक्कसँग हाम्रा बालबालिकालाईविद्यालय पठाउन सक्ने भएका छाँै उक्त झोलुङ्गे पुलबाट मान्बु ठोट्नेरीदेखि छापगाउँ हुँदै धादिङको बसेरी गाउँसम्मका मानिसदैनिक आउजाँउ गर्ने ढकालले बताउनुभयो  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु