रिब्दिकाेटले गर्‍यो बजार अनुगमन म्याद नागेका खाध पर्दाथ जफत गरि नष्ट ।

२०७७, २८ आश्विन बुधबार ००:३८

सन्तोष गहतराज,पाल्पा ।  चाडपर्व नजिकिदै गर्दा विभिन्न पालिकाहरुले आफ्नो पालिका भित्रका बजारहरूकाे अनुगमन बडाई रहेकाे बेला पाल्पाकाे रिब्दिकाेट गाउँपालिकाले पनि अनुगमन गरेको छ ।

पछिल्लो समयमा बजारमा कालावजारी, महंगी र मूल्यवृद्धि भइरहेको उपभोक्ताहरुको गुनासो आए पछि  गाउँपालिकाको बजार अनुगमन समितिबाट रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ३ हार्थोक बजार र वडा नम्बर ७ बतासे बजार अनुगमन गरेको हाे ।

गाउँपालिकाका अध्यक्ष नारायण जिसीका अनुसार  बजार अनुगमनको क्रममा साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मुल्य सूची नराखेको केही स्थानमा म्याद गुज्रिएको सामान विक्रि वितरण गरेको, केहीमा मूल्यवृद्धि रहेको पाइएको र ती सामाग्री जफत गरि नष्ट गरिएको थियाे । मापदण्ड पूरा नगरेका पसलहरूलाई सचेत गराइएको र पुन मापदण्ड पुरा नगरेमा कानुनी कारवाही गरिने अध्यक्ष जिसीले गाेर्खाली भ्वाइससँगकाे कुराकानी बताउनु भयाे । अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनाल,प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्याल,अनुगमनमा खाध प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठको लगाएतका उपस्थिती रहेको थियो ।

Comments

ताजा खबर