कोरोना संक्रमण नियन्त्रणका लागी गुल्मी जिल्लाभर आवातजावतमा पूर्ण प्रतिबन्ध

२०७७, ३१ बैशाख बुधबार १६:२४

पाल्पा । प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएको जनाउँदै गुल्मी जिल्लाभर आवातजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले वुधवार एक सूचना प्रकाशित गरी ५ नंवर प्रदेशका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएको जनाउँदै सिल गर्नुपरेको प्रशासनले जनाएको हो ।

जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ५ गते सम्म जिल्ला सिल हुनेछ । सिल भएको अवस्थामा आवतजावत पूर्णरुपमा बन्द रहने, एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत, संचार, खानेपानी औषधि र ईन्धनका सवारीलाई नरोकिने प्रशासनले जनाएको छ।
सर्वसाधारण नागरिकहरु बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ । सिलकै समयमा खाद्यान्न खरिदका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने प्रशासनले जनाएको छ । सहकारी तथा वित्तय संस्थाहरु पुर्णरुपमा वन्द रहने छन् भने स्वास्थ्य संस्था तथा पेट्रोलपम्प संचालन हुनेछन ।

Comments

ताजा खबर