स्कुलको सिटमा विवाद हुँदा किशोरले गरे साथीको गोली हानी हत्या

२०७७, १६ पुष बिहीबार १३:२१

एजेन्सी, १६ पौष । एउटै कक्षाका दुईजनाबीच बस्ने सिटमा विवाद भयो । दुवै कक्षा १० मा पढ्थे । एउटै सिटमा बस्न चाहने र एकले अर्कोलाई छाड्न नमान्ने । स्थितिले झडपको रुप लियो ।

सांकेतिक तस्बिर फाइल फोटो
झगडा भएपछि १४ वर्षीय किशोरले घरबाट काकाको पिस्तोल चोरेर ल्याए । उनले विवाद गर्ने साथीको टाउको र पेटमा दुईपटक प्रहार गरे । घटनास्थलमै उनको मृत्यु भयो ।टाइम्स अफ इन्डियाका अनुसार यो घटना भारतको उत्तर प्रदेशस्थित बुलनदसार जिल्लाको शिखरपुरस्थित निजी विद्यालयमा भएको थियो । आज विहानैको घटनापछि घाइतेलाई अस्पताल लगिंदा मृत्यु भइसकेको जनाइयो ।

गोली प्रहार गर्ने किशोरका काका सेना हुन् । उनी बिदामा घर आएका थिए । सैनिक काका यो घटनाले फसादमा परेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु