पाकिस्तानमा अराजक भीडद्वारा हिन्दु सन्त “परम हंसजी महाराज” को महत्वपूर्ण समाधीस्थल ध्वस्त

२०७७, १६ पुष बिहीबार ०६:५०

एजेन्सी पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा पर्ने हिन्दु सन्त श्री परम हंसजी महाराजको बिशेष महत्वकोसमाधिस्थललाई ध्वस्त गरिएको हो। काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले समाधिस्थलसंगै थप संरचना बनाउन लागेको भन्दैस्थानीय अतिवादीहरूले सो समाधिस्थल नै ध्व्स्त पारेको जिल्ला प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बताए। त्यहाँ हिन्दुहरुकोजनसंख्या अत्यन्तै कम रहेको बुझिएको छ। प्रहरीका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर समाधीस्थल भत्काउनस्थानीयलाई उचालेका थिए

श्री परम हंसजी महाराजको सो समाधिस्थललाई लिएर त्यस क्षेत्रमा पटकपटक विवाद सृजना हुँदै आएको छ। एक स्थानीय हिन्दुनेताका अनुसार कट्टरपन्थीहरूले धेरै अघि देखि नै यस समाधिस्थललाई भत्काउने खोजिरहेका थिए

सन् १९९७ मै सो समाधिस्थलमा केही हिस्सा स्थानीय अतिवादीहरूले भत्काएका थिए तर पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछिखैबर पख्तुनख्वाको राज्य सरकारले त्यसको पुनर्निर्माण गर्नु परेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु