दुई दिन सार्वजनिक बिदा अवधारणा : पर्यटन विज्ञबीच नै फरक मत

२०७७, १५ पुष बुधबार ११:४१

काठमाडौं आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको दुई दिनसार्वजनिक बिदा अवधारणाप्रति पर्यटन क्षेत्रका विज्ञले नै असहमति जनाएका छन् मन्त्रालयले गठन गरेको अध्ययन समितिलेप्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै दुई दिन बिदा दिन सिफारिस गरेको थियो आफ्नो सिफारिसबारे सुझाव संकलन गर्ने कार्य पनिसमितिले गरिरहेको

कोभिड१९ का कारण बाह्य पर्यटक तत्काल आउने सम्भावना नदेखिएकाले दुई दिन सार्वजनिक बिदा दिँदा आन्तरिक पर्यटकले नै योक्षेत्र चलायमान हुने अनुमान समितिको तर, पर्यटन क्षेत्रका विज्ञबीच नै दुई दिन सार्वजनिक बिदा अवधारणाबारे कुरा बाझिएको

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ दुई दिन सार्वजनिक बिदाको अवधारणालाईवाइह्यातभन्छन् ‘‘दुई दिन बिदाले आन्तरिक पर्यटन प्रवद्र्धन हुँदैन पहिले एक वर्ष यसको अनुभव गरिसकेका छौँ त्यसैले त्यो अवधारणा गलत ,” उनले भने दुई दिन सार्वजनिक बिदाको सट्टा वर्षको निश्चित दिनफोर्स ट्राभल लिभको व्यवस्था गर्नु राम्रो हुने उनको भनाइ ‘‘अहिले दुई दिनबिदा दिँदा घुम्छन् भन्ने अनुमानमात्रै हो दुई दिन बिदामा घुम्न जानुभन्दा घरमै बसेर अन्य कामहरु गरौँला भन्ने पनि हुन्छ,” उनले भने

अहिलेको बेलामा ३६५ दिन नै अत्यावश्यक सेवा कार्यालय सञ्चालन हुनुपर्नेमा दुई दिन बिदाको अवधारणा ल्याउनु नै गलत रहेकोउनको तर्क लकडाउनपछि यातायात कार्यालय, श्रम कार्यालयलगायत सरकारबाट सर्वसाधारणले पाउनुपर्ने सेवासुविधामा धेरैअप्ठ्यारो भएको त्यसैले अत्यावश्यक सेवा क्षेत्र साताको पाँच दिन होइन, ३६५ दिनै खुला गर्नुपर्ने स्थिति ,” उनले भने उनले दुई दिन बिदाले अन्तरिक भ्रमण हुन्छ भन्ने निश्चितता नभएको बताए दुई दिन बिदा दिँदा सरकारको खर्च घट्छ कर्मचारी दुईदिनमा भ्रमणमा जान्छन् भन्ने कुनै आधार नभएको उनले बताए

दुई दिन बिदाले आन्तरिक पर्यटन योगदान दिँदैन आन्तरिक पर्यटनमा योगदान दिनको लागि गर्नुपर्ने भनेको वर्षको कति दिन हो, बाध्यात्मकफोर्स ट्राभल लिभदिन सकियो भने मात्रै हुन्छ त्यसमा कर्मचारीले पाउने सेवासुविधा, थप खर्चको सुविधा दिएरमात्रैआन्तरिक पर्यटन प्रवद्र्धन हुनसक्छ,” उनले भने तर, बोर्डकै पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भने दुई दिन बिदाले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताउँछन्दुई दिन बिदाले शतप्रतिशत डिपेन्डेन्ट भएर यसैले एउटा म्याजिक गर्छ भन्ने होइन तर, एक इनाबेलिङ फ्याक्टर हुनसक्छ आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने एउटा महत्वपूर्ण फ्याक्टर हुन्छ,” उनले भने दुई दिन बिदा हुनेबित्तिकै नजिकका गन्तव्यमा मानिसहरु घुम्न निस्कने उनको विश्वास दुई दिन सार्वजनिक बिदा सरकारीभन्दा पनिनिजी क्षेत्र, संगठित संस्थाहरुमा काम गर्नेहरुलाई दिइए अझ बढी प्रभावकारी हुने उनको भनाइ

दुई दिन बिदाले घुम्न निस्कने कल्चर बढाउँछ तर, यसैले सबै चिज हुन्छ भन्ने छैन यो एउटा पक्ष हो भने अरु पक्षमा घुम्नका लागिवातावरण बनाउने, इन्सेन्टिभ प्याकेज ल्याउने, प्रवद्र्धन गर्ने गर्नुपर्छ,” उनले भने

दुई दिन बिदामा घुम्ने कर्मचारीलाई इन्सेन्टिभ, घुम्दा खर्चमा कर छुटलगायतको व्यवस्था गरिए त्यसले थप बढी भूमिका खेल्ने जोशीकोभनाइ  

पर्यटन मन्त्रालयका पूर्वसचिव सुरेशमान श्रेष्ठ भने दुई दिन सार्वजनिक बिदाको अवधारणा निकै उपयोगी हुने बताउँछन् दुई दिनसार्वजनिक बिदाले आन्तरिक पर्यटनको प्रवद्र्धन गराउन सहयोगमात्रै गर्दैन, सरकारलाई पनि फाइदा हुन्छ,” उनले भने

दुई दिन बिदाले आफन्तबीच भेटघाट गर्ने वातावरण बनाउने महिना÷दुई महिनामा नजिकैको पर्यटकीय क्षेत्रमा गएर बस्ने परम्परा बढ्नेउनको भनाइ  लोकसेवा आयोग वाग्मती प्रदेशको अध्यक्षसमेत रहेका श्रेष्ठले दुई दिन बिदा निकै उपयोगी तर अत्यावश्यकयातायात, जिल्ला प्रशासन कार्यालय, मालपोतजस्ता कार्यालय शनिबार आइतबार पनि खुला गर्नुपर्ने बताउँछन्

कोरोनाका कारण तत्काल दुई दिन बिदाले आन्तरिक पर्यटन प्रवद्र्धन नहोला तर, दुई दिन बिदा भएपछि मान्छेले बल्ल विचार गर्न, योजना बनाउँन थाल्छन् एक दिनमात्रै बिदा हुँदा मान्छेले अरु कुरा सोच्दै सोच्दैनन्,” उनले भने

दुई दिन बिदा अन्तर्राष्ट्रिय प्रचलन भएको पनि उनले बताए फोर्स लिभ गर्दा सबैको सधैँ नपर्न सक्छ अनि, एकजनामात्रै कसरीघुम्छन् ? सबैको एकैपटक बिदा भयो भने मिलेर घुम्न जाने हुन्छ,” उनले भने

दुई दिन सार्वजनिक बिदा दिँदा कर्मचारी, कार्यालय तथा संस्थानहरुको उत्पाकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने अध्ययन समितिको निष्कर्ष  यस्तै, सामाजिक दृष्टिकोणले लैंगिकसमानता कायम गर्न, काम व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामीप्यता कायम हुने पर्यावरणीयदृष्टिकोणले समेत सकारात्मक प्रभाव पर्न जाने प्रतिवेदनमा औंल्याइएको

सार्वजनिक निकायहरुमा हप्तामा दुई दिन बिदा दिन निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिव हुने ठहरसमितिको मन्त्रालयले कोडिभ१९ ले पर्यटन उद्योग शिथिल भएको तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमायोगदान गरिहाल्ने अवस्था नरहेको भन्दै दुई दिन सार्वजनिक बिदा दिन प्रारम्भिक सिफारिस गरेको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न दुई दिन बिदा दिनु उपयुक्त हुने मन्त्रालयको दाबी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु