भुक्तानी नपाइ सम्झौता भएको खबर सुनेर हृदयघातका कारण एक उखु किसानको मृत्यु

२०७७, १४ पुष मंगलवार १०:००

काठमाडौं पुस १४बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान सरकारबीच सम्झौताभएको सुनेर आन्दोलनमा आएका एक किसानलाई हृदयघात भएर मृत्यु भएको

सर्लाहीका नारायणराय यादव (भगत) काठमाडौँको आन्दोलनमा सहभागी थिए उनले यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाटनफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए तर भुक्तानी नै नलिइकन सरकार आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाईहृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए

सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेरभुक्तानी नलिइकन सम्झौता किन गरेको ? काठमाडौँबाट खाली हात फर्किन मनै छैन घरमा यसपाली पैसा लिएर आउने भनेर आएको तर यहाँबाट पैसा नलिइ आन्दोलन स्थगित गरेको भन्दैचित्त दुखाएको नेता चौधरीलेबताए

विगत वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो त्यही पैसाका कारण उनी निकै तनावमाथिए राति नै फोन गर्दा उहाँलाई निकै चिन्तित भएको पाएको थिएँ चिन्ता नगर्नुस् तपाईसँग भोलि भेट्छु जसरी पनि भुक्तानी लिएरमात्र घर जाने हो भनेर सन्तवना दिएको थिएँ,’ नेता चौधरीले भने, ‘तर विहान अचानक फोन आयो कि भगतजी ट्वाइलेटमा लडेर बेहोसहुनुभयो रे   गंगालाल अस्पतालमा पुगेको छु डाक्टरले पनि तनावका कारण यो एट्याक भएको भन्नुभएको

Comments

ताजा खबर