विप्लवसहित चार दलले सरकार बिरुद्ध रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने

२०७७, १४ पुष मंगलवार ०९:१८

काठमाडौँ | प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवले अन्य तीन दलसंग मिलेर संयुक्त मोर्चा निर्माण गर्नेभएको | विप्लवले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) वैज्ञानिकसमाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको हो |

ओली सरकारको निरंकुशता, फासिवाद दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिकपहलकदमीका निम्ति पार्टीको बिचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको मंगलबार चार दलले संयुक्त रुपामा जारीगरेको विज्ञप्ति भनिएको |

दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथावैदेशिक शक्तिको आड भरोसा इसारामा केपी सरकारले संसद विघटन गरेको हो |” विज्ञप्तिमा उल्लेख |

Comments

ताजा खबर