मन्त्रिपरिषद् बदर माग गर्दै सर्वोच्चमा रिट

२०७७, १४ पुष मंगलवार ०१:२४

काठमाडौं : काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी दिनेश लामिछानेले सोमबार रिट दायर गरेका हुन्। मन्त्रिपरिषद् विस्तारलाई तत्कालबदर गर्न रिटमा माग गरिएको छ।

पुष गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रचण्डनेपाल समूहका असन्तुष्टमन्त्रीहरुले राजीनामा दिएपछि सोही रिक्द पदमा प्रधानमन्त्री ओलीले मन्त्री राज्यमन्त्री थप नियुक्त गरेका थिए।

प्रधानमन्त्री राष्ट्रपति दुवैबाट संविधानको गम्भीर उल्लंघन हुने कार्य भएको हुँदा संविधानको धारा १३३(,) बमोजिम विस्तारितमन्त्रिपरिषद् बदर गर्न उनीहरूले माग गरेका हुन्। 

यसअघि संसद विघटनविरुद्ध  दर्जन बढी मुद्दा सर्वोच्चमा दायर भएका थिए।  एकै प्रकृतिका मुद्दा भएकाले  प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराको एकल इजलासले  संवैधानिक इजलासमा पठाइएको थियो। 

अहिहे मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधीशको  संवैधानिकइजलासमा सुनुवाइ जारी छ।  संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै विभिन्न राजनीतिकदलहरु आन्दोलित भएका छन्। 

Comments

ताजा खबर