२१ वर्षीया आर्या बनिन् भारतकी सबैभन्दा कान्छी मेयर

२०७७, १४ पुष मंगलवार ०१:१७

भारतमा बीएस्सी अध्ययन गर्दै गरेकी २१ वर्षीया युवती आर्या राजेन्द्रन भारतकी सबैभन्दा कान्छी मेयर बनेकी छिन् सोमबार भारतकोकेरलास्थित तिरुवनन्तपुरमकी मेयरको रुपमा आर्याले जित हात पारेकी हुन् उनी भारतको कम्युनिस्ट पार्टी सीपीआई(एम)को तर्फबाटउम्मेदवार बनेकी थिइन्

आर्या अहिले अल सेन्ट्स कलेजमा ब्याचलर दोस्रो वर्षमा अध्ययन गर्दै छिन् बीएस्सी म्याथमेटिक्स अध्ययन गरिरहेकी आर्याका बाबुपेशाले इलेक्ट्रिसियन हुन् भने आमा लाइफ इन्स्योरेन्सकी अभिकर्ता हुन् कट्टर कम्युनिस्ट परिवारबाट आएकी आर्याले भनिन्, ‘मैले योनिर्वाचन पूर्ण आत्मविश्वास उत्साहको साथ लडेकी थिएँ पार्टीले मलाई दिएको जिम्मेवारी लिन तयार छु मेरो सपना राजनीति पढाइलाई एकसाथ अघि बढाउनु हो

आर्या वामपन्थी पार्टीको बालबालिका संगठन बालसंग्रामकी प्रान्तको अध्यक्ष पनि हुन् आर्याले आफू मेयर भएसँगै आफ्नो प्राथमिकताकेरलाको राजधानीसमेत रहेको सहरको फोहोर व्यवस्थापन प्रणालीमा सुधार गर्नु रहने बताएकी छिन् उनले मानिसहरुलाई सडकमाफोहोर नफ्याँक्न सचेतना बढाउनु जरुरी रहेको बताएकी छिन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु