नयाँ मन्त्री आएपछि सिंहदरबारमा चहलपहल

२०७७, १२ पुष आईतवार ११:३०

संसद् विघटन पुष्पकमल दाहालप्रचण्ड’–माधव नेपाल पक्ष सरकारबाट बाहिरिएपछि सुनसान भएका सिंहदरबारका मन्त्रालयमा फेरिचहलपहल आसेपासेको घुइँचो देखिएको  मन्त्रीहरूको राजीनामापछि सुनसान देखिएका मन्त्रालयमा नयाँ मन्त्री आएसँगै उनीहरूका आसेपासे बधाई दिनेहरूको ओइरो लागेको

संसद् विघटन भएको भोलिपल्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, खानेपानी मन्त्री बिना मगर, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्यामभुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पत्रकार सम्मेलनगरेर संयुक्तरूपमा राजीनामा दिएका थिए  

प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, जुलीकुमारी महतो, विमला विक, गौरीशंकर चौधरी, गणेशठगुन्ना, प्रेम आले दावा तामाङसहित जना मन्त्री थपेपछि आजबाट फेरि मन्त्रालयमा चहलपहल देखिएको पदभार ग्रहण गर्दै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले रुख कटानका कारण विकास निर्माणमा देखिएको समस्यालाईसमाधानका लागि कानून बनाउने बताएका छन्  मन्त्री आलेले विकास निर्माणका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) बनाउनका लागि समय लाग्ने त्यसलेविकास निर्माणमा प्रभाव पार्ने भएकाले त्यसलाई कानूनमा नै व्यवस्था गरेर सजिलो बनाउने बताएका छन् उनले पदभार ग्रहणसँगैआर्थिक अनुशासन मितव्यितासम्बन्धी बेरुजु फर्छ्यौटको कार्ययोजना बनाई कार्यन्वयन गर्ने,’ फाइलमाहस्ताक्षर गरेका थिए

यस्तै पदभार ग्रहण गर्दै खानेपानी मन्त्री मणिचन्द्र थापाले नेताले गर्दा देश बिग्रिएको भन्दै त्यसलाई सुधार्दै समस्या समाधान गर्न अग्रसरहुने बताएका छन्  पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, ‘हामी  नेताले देश बिगारेका छौं, समस्यासिर्जना गरेका छौं, त्यसलाई सुधार्ने प्रयास गर्नेछु

यस्तै मन्त्री थापाले निर्वाचनतर्फ अग्रसर भएको अवस्थामा निर्वाचनपछि स्थायी सरकार बन्ने विश्वास व्यक्त गरे सबैको चासो भएको मेलम्ची खानेपानीको विषयमा भने उनी बोलेनन्  तर मन्त्रालयका कर्मचारीहरूले यसभन्दा अगाडि सफल परीक्षण गरिएकाले यही महिनामा मेलम्ची ल्याउनसक्ने मन्त्रीलाई ब्रिफिङकोसमयमा बताएका थिए  मेलम्ची खानेपानी यो महिना ल्याउन सक्छौं यसभन्दा अगाडि सफल परीक्षण भएको मन्त्रीज्यूको पालामा उद्घाटन गर्न सकिन्छ,’ एक कर्मचारीले मन्त्री थापालाई ब्रिफिङका क्रममा भने

तर खानेपानी सचिव माधव बेल्बासेले सीसीएमसीले स्थानीय ठेकेदारलाई भुक्तानी नदिएका कारणले समस्या भएको बताए  

सचिव बेल्बासेले स्थानीय ठेकेदारहरूलाई अर्ब ९० करोड रुपैयाँ तिर्न बाँकी भएका कारणले गर्दा केही समस्या देखिएको बताए  

सीसीएमसीले अर्ब ९० करोड रुपैयाँ तिर्न बाँकी भएका कारण स्थानीयले आन्दोलन गरिरहेका छन्, सचिव बेल्बासेले भने, ‘राजनीतिकलेभलमा मन्त्रीज्यूले पहल गर्दिनुनेछ

उनले देशभरमा ४२ हजार भन्दै आयोजना रहेको त्यसको ७० प्रतिशतमा राजनीतिक हिसाबले समस्या देखिएकाले त्यसलाई समाधानराजनीतिक तहबाट गर्नुपर्ने सचिव बेल्बासेले बताए ।(लोकान्तरबाट साभार)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु