तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको आन्दोलन :माइतीघर टु कान्तिपथ

२०७७, ११ पुष शनिबार ०१:५३

काठमाडौं संसद विघटनविरुद्ध नेकपा (प्रचण्डमाधवपक्ष) को आन्दोलनमा उत्रिएको आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबारमाइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिएका छन्

त्यसपछि नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका छन् माइतीघरमा भेला भएर उनीहरु सर्वोच्च अदालतको गेटअगाडीबाट भद्रकाली, न्युरोड, हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन्

फोटो फाईल

कान्तिपथस्थित आयोगको कार्यालयको मुख्य गेटअगाडीको मुख्य सडकमै बसेर विरोध प्रदर्शन गरेका छन् कान्तिपथमा पुगेर नेकपाकोजुलुससभामा परिणत भएको थियो

निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले आफुलाई आधिकारिकताका लागि दबाब दिन आन्दोनल गर्नुपरेको बताए नेकपाका अध्यक्षप्रचण्ड माधव नेपाल लगायतका केही नेताहरु आयोग कार्यालय गएका थिए

 

प्रचण्डमाधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाईबुझाएको  सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्यचिन्ह नेकपा आफ्नो समुहको रहेको दावी गरेको हो

फोटो फाईल

आन्दोलनमा सहभागी कार्यकर्तालेनेकपा जिन्दावाद, असंवैधानिककुखारेज गर ! बयलगाडा चढेर अमेरिका जा ! गणतन्त्रविरोधीमुर्दावाद,प्रतिगमनकारी मुर्दावाद,’ भन्ने नारा लगाएका थिए।

 

 

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु