नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

भुक्तानी माग्दामाग्दै जग्गा लिलामीमा

२०७७, १० पुष शुक्रबार ११:५२

काठमाडौँकरिब चार वर्षअघि आफूले बेचेको उखुको पैसा उठाउन गत मंसिर २७ मा काठमाडौं आएका सर्लाही रामनगरगाउँपालिकाका ७० वर्षीय गगनदेव अझै आन्दोलनमै छन् आन्दोलन गरेपछि उखुको पैसा पाइएला त्यसमै थपथाप गरेर बैंकको कर्जातिरुँला भन्ने सोचेका गगनदेव राय यादव त्यतिबेला झसंग भए, जतिबेला उनलाई बैंकले २१ दिनभित्र कर्जा नतिरे धितो लिलाम गरिदिनेसूचना निकालेको खबर मिल्यो

फोटो फाईल

केही वर्षअघिसम्म गगनदेवले आफ्नो एक बिघा बटैयामा लिएको बिघा जमिनमा उखु खेती गर्थे त्यहीबेला उनले खेती गर्न घरखर्चटार्न गाउँकै महाजनबाट ३६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँ कर्जा लिएका थिए गाउँले ब्याज महँगो हुने भएपछि उनले १६ कट्ठाजमिन धितो राखेर कृषि विकास बैंकबाट लाख ५५ हजार रुपैयाँ कर्जा लिए बारीको उखु बेच्ने भएपछि जिल्लाकै अन्नपूर्ण सुगरमिल्समा लगेर बेचेगाउँका टाठाबाठाले लगेर बेचिदिए, छिटो पैसा पाइन्छ भन्ने सुनेपछि छिमेकी राजमोहन राय ज्वाइँ रामबाबुरायको नाम राखेर अन्नपूर्णलाई उखु बेचें तर पैसा अहिलेसम्म पाइनँ,’ उनले भने

साँवा अक्षर नचिन्ने गगनदेवलाई उखु कति क्विन्टल थियो भन्ने यकिन हिसाब याद छैन तर उनले करिब लाख रुपैयाँ चिनी मिलबाटपाउन बाँकी रहेको दाबी गरे बैंकबाट लिएको कर्जाको ब्याज ६६ हजार रुपैयाँ पुगिसकेकाले अहिले उनले १० लाख रुपैयाँभन्दा बढीतिर्न बाँकी उखुपीडित किसान संघर्ष समितिका हरिश्याम रायका अनुसार बैंकको धितोको सूचना हात परेपछि गगनदेवकोआँखाबाट आँसु रोकिएको छैन हरिश्यामले भने, ‘उखुको पैसा बेलैमा पाएको भए उतिबेलै कर्जा सदाइसक्ने उनको हिसाब थियो तरमिल मालिकले पैसा नदिँदा आफ्नो हालत बिग्रिएकोमा उनको चिन्ता

चार/पाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीहरूलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस पश्चिम नवलपरासीका उखु किसानहरू आन्दोलित छन्

पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने उधारो सहमति गरेर देहात फर्किने क्रम दोहोरिरहेकाले यसपाला भने उखुकिसानहरू सबैले पैसा नपाएसम्म आन्दोलन गरिरहने मनस्थितिमा छन् गत पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकोसमन्वयमा चिनी मिल किसानहरूबीच सम्झौता भएको थियो उक्त पाँचबुँदे सम्झौताको पहिलो बुँदामा लेखिएको थियो, ‘२०७६ माघ भित्र उखुको भुक्तानी दिलाउन उद्योग मन्त्रालयले समन्वय गर्नेयही सम्झौता कार्यान्वयन नभएपछि काठमाडौं आएका गगनदेवजस्तैउखु किसानहरूले निरन्तर आन्दोलन गरेको डेढ साता हुन आँटिसक्यो यो बीचमा गृह मन्त्रालयले किसानको रकम नतिर्ने चिनी मिललाईपक्राउ गर्ने बताएपछि केही उखु किसानले पैसा पाए पनि सबै किसानको बक्यौता चुक्ता भइसकेको छैन

कान्तिपुरसँगको कुराकानीमा नातिनातिनाका हजुरबुबा गगनदेवले उखु खेतीले आफू बिल्लीबाँठ हुन लागेको बताए आन्दोलनकालागि काठमाडौं आएयता गगनदेव दिनभर माइतीघर मण्डलमा विभिन्न नारा लेखिएको पर्चा छातीमा टाँसेर दिनभर बस्छन् अनि साँझपर्न थालेपछि गौशालाको धर्मशालामा पुग्छन्कहिले सरकारले कुरा सुन्ने हो सबै पैसा हात पर्ने हो टुंगो छैन,’ उनले भने

Comments

ताजा खबर