कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लैजाने

२०७७, १० पुष शुक्रबार १०:०९

काठमाडौं। दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि ईपीएसअन्तर्गत लैजाने प्रवासीश्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ।

यो सख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो। यो संख्या २०२० को तुलनामा चार हजार कम हो।कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन्। सन् २०२१ मा तोकिएको ५२हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७ सय, कृषि क्षेत्रमा ६ हजार ४ सय, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८सय, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) एक सय जना तोकिएको छ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन्। अप्रिलसम्ममा २२ हजारकोरोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ। रासस

Comments

ताजा खबर