माधव नेपाललाई प्रचण्डजीले रजत पदक दिनुभयो, त्यसैमा चित्त बुझाउनुभएको छ : ओली

२०७७, ९ पुष बिहीबार १०:४०

काठमाडौँ, पुष ९  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग पार्टी विभाजन गराएर गएका वरिष्ठ नेता नेपालले रजत पदक पाएको उल्लेख गरेका छन्।

फाइल फोटो

बालुवाटारमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएबापत् पुष्पकमल दाहाल प्रचण्डले दोस्रो तहको अध्यक्षको जिम्मेवारी दिएको भन्दै रजत पदकसँग तुलना गरेका हुन्।

“माधवजीले हुँदा न खाँदाको ठूलो पार्टीलाई विभाजन गरेर जानुभयो, तर प्रचण्डले उहाँलाई रजत पदक दिनुभएछ, त्यसैमा चित्त बुझाएर बसिरहनुभएको छ,” ओलीले भनेका छन्। ओलीको अनुसार तेस्रो अध्यक्षको रूपमा प्रस्ताव गर्दा अस्वीकार गरेका वरिष्ठ नेता नेपालले संसदको ठूलो पार्टी तत्कालीन नेकपा एमाले भए पनि अध्यक्ष पाउनका लागि दोस्रो तहको नेता भएर चित्त बुझाएर बसेकोसमेत व्यङ्ग्य गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु