नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

धारा ७६ को व्याख्या संवैधानिक इजलासमा

२०७७, ९ पुष बिहीबार ०६:३३

काठमाडौँप्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले प्रारम्भिक रूपमा संविधानकोधारा ७६ मा केन्द्रित भएर सुनुवाइ गर्ने रुचि देखाएको निवेदकहरूको संक्षिप्त बहसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालेप्रतिनिधिसभा विघटन गर्ने संविधानको व्यवस्था (धारा ७६ को उपधारा ) मा केन्द्रित हुनुपर्ने भन्दै त्यसको थप व्याख्याका लागि सबैनिवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन्

निवेदकहरूका तर्फबाट बहस चलिरहेको अवस्थामा प्रधानन्यायाधीश जबराले सरकारले गरेको सिफारिसको व्यहोरा संविधानमाभएको व्यवस्थामा केन्द्रित भएर बहस गर्न आग्रह गरेसिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने छौं भन्ने उल्लेख रहेछ, त्यसमासंविधानको धारा ७६ को उपधारा उल्लेख भएको ,’ उनले भने, ‘त्यसैको लिमिटेसन (सीमा) मा रहनुपर्‍यो, त्यसैको व्याख्या हुनुपर्‍योहैन ?’ उनले बहस गरिरहेका अधिवक्ता गोविन्द बन्दीलाई संकेत गर्दै भने

उनले सबै निवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने आफ्नो मनसाय व्यक्त गर्न भूमिका बाँध्दै थिएसंविधानको धारा ७६ कोउपधारा को सर्तअनुसार भए विघटन गर्न पाउने, त्यसो नभए नपाउने भन्ने भयो, हैन ?’ उनले दोहोर्‍याउँदै भने, ‘अब हामी धारा ७६ कोउपधारा मै सीमित हुनुपर्ला हैन  ?’ पोडियममा उभिएका अधिवक्ता बन्दीसहित बहस सुनिरहेका सबै कानुन व्यवसायीलेहो मा होमिलाए

अब मलाई लागेको कुरा है,’ प्रधानन्यायाधीश जबराले भने, ‘यही मुद्दा संवैधानिक इजलासमा पनि यो धारा ७६ को उपधारा कोव्याख्याको विषय पनि भयो अब पर्सि (शुक्रबार) हुन्छ तपाईंहरू शुक्रबार आउनुहुन्छ ? के गरौं ?’ उनले सबै निवेदनहरूलाई संवैधानिकइजलासमा पठाउने संकेत गरेका थिए नभन्दै केहीबेर सवालजवाफपछि उनले त्यही आदेश गरे तीन लाइनको उनको आदेशमासंविधानको धारा ७६ को उपधारा अनि संविधानको धारा ८५ को व्याख्या गर्नुपर्ने भन्दै निवेदनहरूलाई संवैधानिक इजलासमा पेसगर्न आदेश गरेका हुन् कुनै अस्वाभाविक अवस्था भएन भने शुक्रबारबाट सुनुवाइ हुने संवैधानिक इजलासले संविधानको तीनवटाधाराको कसीमा राखेर प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको कानुनी आधार वैधतालाई हेर्ने देखिन्छ

फोटो फाईल

अब संविधानको धारा १०० को प्रसंग अधिवक्ता बन्दीले बहसका क्रममा अविश्वासको प्रस्तावबारे व्यवस्था भएको संविधानको धारा१०० बारे इजलासको ध्यानाकर्षण गराए धारा १०० को उपधारा मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस हुन सक्ने व्यवस्था प्रधानमन्त्री ओलीले विघटनको भोलिपल्ट देशवासीका नाममा सम्बोधन गर्दै आफ्नै दलभित्रबाट अविश्वासको प्रस्ताव आउनलागेकाले आफूले विघटन गरेको बताएका थिएसंविधानमै भएको व्यवस्थाअनुसार आउने प्रस्तावबाट तर्सेर प्रतिनिधिसभा विघटन नैगर्न पाउने हो भनेबहसमा अधिवक्ता बन्दीले भने, ‘संविधानमा नै त्यो प्रावधान किन राखियो ?’ अविश्वासको प्रस्तावको छनकपाउनासाथ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने हो भने संविधानको धारा १०० आकर्षित हुने अवस्था नै नहुने उनको भनाइ थियोसर्वोच्चले यो व्यवस्थालाई समेत जोडेर हेर्नुपर्ने हुन सक्छ

किन अन्तरिम आदेश नदिई संवैधानिक इजलासमा ?

बहसमा सहभागी सबै कानुन व्यवसायीको जोड कम्तीमा ११ नभए १३ सदस्यीय बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्छ भन्ने माग थियोकिनभने यसअघि संसद् विघटनका मुद्दाहरू सर्वोच्च अदालतको ११ सदस्यीय इजलासले सुनुवाइ गरी निकास दिएको थियो

हैन हैन, त्यो हिजोको संविधानको कुरा हो,’ प्रधानन्यायाधीशले संविधान व्याख्याको विषय संवैधानिक इजलासको रहेको भन्दै भने, ‘कि संविधानमा भएको संवैधानिक इजलासको व्यवस्था झिक्नुपर्‍यो हैन संविधान व्याख्याको कुरा संवैधानिक इजलासमा आउँछभन्ने व्यवस्था भएपछि त्यसलाई झिक्न मिलेन पुरानो पारामा जानु पनि भएन संविधानको धाराकै (व्याख्याको) विषयआइसकेपछि अन्त कसरी जान मिल्ला  ?’ नभन्दै उनले सबै निवेदनहरू संवैधानिक इजलासमा नै पेस हुने आदेश गरेप्रधानन्यायाधीशले सबै निवेदनहरू संवैधानिक इजलासमा पठाउने अडान नछाडेपछि कानुन व्यवसायीले अन्तरिम आदेशको माग गरेकुनै निर्णय वा काम नरोक्दा मर्का पर्ने पक्षलाई अपूरणीय क्षति हुन्छ भन्ने लागेमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश वा अन्तरिमआदेश दिन सक्छ त्यो आदेश दिनु भनेको मुद्दाको सुनुवाइ नटुंगिँदासम्म निर्णय कार्यान्वयन नगर भन्नु हो

अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपतिको सूचना रोक्न आदेशको माग गरे तर त्यसरी आदेश गर्ने हो भने सरकारी पक्षको भनाइ पनिसुन्नुपर्ने भन्दै उनले अन्तरिम आदेश दिन अस्वीकार गरेरोकेर जाने भन्नुहुन्छ भने उहाँहरू पनि आउनुभएको , उहाँहरूको कुरा पनिसुन्नुपर्ला, त्यतातर्फ नजाऔं,’ जबराले भने, ‘ शुक्रबारलाई संवैधानिक इजलासमा पेस गर्छुउनले उहाँहरू भनी महान्यायाधिवक्ताकार्यालयबाट गएका सरकारी वकिलहरूलाई संकेत गरेका थिए महान्यायाधिवक्ता त्यहाँ कार्यरत सरकारी वकिलहरूले सरकारलेगरेको निर्णयको अदालतमा कानुनी प्रतिरक्षा गर्छन् प्रधानन्यायाधीशले शुक्रबारको संवैधानिक इजलासमा पेसी तोक्ने भने पनि बुधबारअबेरसम्म तारिख लिन जाने कानुन व्यवसायीहरूलाई भनेमाथिको आदेश आएको छैनभन्दै शुक्रबारको तारिख दिइएको थिएन

बहसमा के भयो ?

वरिष्ठ अधिवक्ता शम्भु थापाले २०४७ सालको संविधानमा भएको विघटनको अधिकार पनि निःसर्त नभएको तर्क गरेसंसद्बाट जे लागूगर्न खोजिएको थियो, त्यो अल्पमतमा परेको अवस्था छैन,’ थापाले भने, ‘विवाद संसद्भित्र प्रवेश गरेको छैन, संसद् नै नगई प्रतिनिधिसभाविघटन गर्न मिल्दैनउनले राष्ट्रपति विद्या भण्डारीको कार्यशैलीसीडीओको जस्तो तोक लगाउने खालकोभन्दै उनको संवैधानिकभूमिकामा प्रश्न उठाए वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानमन्त्री निर्वाचित हुन नसकेको अवस्थामा लागू हुने व्यवस्था अहिलेकोदुई तिहाइको सरकारले प्रयोग गरेको बताएसंविधानलाई कू गरेर दुई तिहाइको प्रतिनिधिसभालाई ओलीले अन्त्य गरे,’ उनले भने, ‘अब हुने फैसला मान्य हुने गरी आउनुपर्छवरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले दलभित्रको झगडा जनतामा थोपर्न नमिल्ने बताएनिवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनको इतिहासमा अहिलेजस्तो अमूर्त व्यहोरा लेखेर कहिल्यैसिफारिस नभएको बताए

राजनीतिक अस्थिरता नहोस् भनेर विघटनको विकल्प अन्तिममा राखिएको हो,’ उनले भने, ‘यसअघि विघटनपछि प्रधानमन्त्रीलेराजीनामा दिने चलन हुन्थ्यो, अहिले पदमा रहिरहने सोच देखिएजस्तो अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले यो विघटनको निर्णयअहिलेको संविधान मात्रै नभई पहिलेको नजिरविपरीत रहेको बताए।(कान्तिपुरबाट साभार)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु