चिनियाँ राजदूतले खुमलटारमा भेटिन् प्रचण्डलाई

२०७७, ९ पुष बिहीबार ०५:२०

काठमाडौं ।चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्।

फाइल फोटो

राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत  यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो। उनीहरूबीच  समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ। यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको  सक्रियता बढ्ने गरेको थियो।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु