प्रतिनिधिसभा विघटन : प्रधानन्यायाधीश राणाले तोके आफ्नै इजलाशमा पेशी

२०७७, ८ पुष बुधबार ०७:२४

काठमाडौंप्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आफ्नै इजलाशमा पेशी तोकेका छन्। 

विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १२ थान निवेदनको आज सुनुवाइ हुँदैछ।

नेकपाका पुष्पकमल दाहालप्रचण्ड माधवकुमार नेपालसहितले दायर गरेको निवेदनसहित एकै पटक सबै मुद्दाको सुुनुवाइ हुनलागेको हो। 

विघटनविरुद्धकाे रिटमा सर्वोच्चले दिने आदेशले देशको तत्कालको राजनीतिक अन्योलमात्र टुंगिने छैन, बरु अबका कैयौं वर्षसम्मकोराजनीति कुन दिशामा जानेछ भन्ने पनि निर्धारण हुनेछ। 

सर्वोच्च अदालतले अहिलेको परिस्थितिमा प्रतिनिधि सभा विघटन हुन नमिल्ने ठहर गर्‍याे भने देशले एक प्रकारको राजनीतिककोर्षलिने छ। यसविपरीतनिर्वाचित सरकारको राजनीतिक कदममा अदालत प्रवेश नगर्नेआदेश जारी भयो भने अबका कैयौं वर्षसम्मप्रधानमन्त्रीले प्रतिनिधि सभासजिलैविघटन गर्नसक्ने बाटो खुल्नेछ। 

Comments

ताजा खबर