२०७७, ८ पुष बुधबार ०७:१४

काठमाडौं। जम्मुकस्मिर जिल्ला विकास परिषद् (डीडीसी) का २८० सिटका लागि भएको निर्वाचनमा फारुक अब्दुल्ला नेतृत्वको पार्टीको गुपकरगठबन्धनले सबैभन्दा बढी ११३ सिट जितेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ७३ सिटका साथ भारतीय जनता पार्टी (बीजेपी) एक्लै सबैभन्दा ठूलो पार्टी बनेको छ। बीजेपीलेपहिलोपटक कस्मिर उपत्यकामा सिट जितेको छ।

केन्द्र प्रशासित राज्यस्थित निर्वाचन आयोगका अनुसार पिपुल्स अलायन्स फर गुपकर डिलेक्रेसन (पीएजीडी) सय सिट जितेको भने१२ स्थानमा अगाडि देखिएको छ।

४७ स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् भने अन्य स्वतन्त्र उम्मेदवार अगाडि बढिरहेका छन्।

जम्मुकस्मिर अपनी पार्टी (जेकेएपी) को अवस्था भने निराशाजनक देखिएको छ। यस पार्टीले ११ सिटमा मात्रै विजय प्राप्त गरेको एक स्थानमा अग्रता लिइरहेको छ।

कांग्रेसले अहिलेसम्म २२ सिटमा जित हासिल गरेको भने अन्य स्थानमा अगाडि देखिएको छ।

बीबीसीका अनुसार चरणमा गरिएको डीडीसी चुनाव गत नोभेम्बर २८ मा सुरु भएको हो।

गत वर्ष जम्मुकस्मिरलाई दिइएको विशेष मान्यता खारेज गरिएपछि तथा केन्द्र शासित प्रदेश बनाइएपछिको यो पहिलो चुनाव हो।

जम्मुकस्मिर क्षेत्रका १४०१४० सिटका लागि चुनाव भएको थियो।

हिन्दुबाहुल्य जम्मुमा नतिजा बीजेपीका पक्षमा देखिएको भने मुसलमान बाहुल्य कस्मिरमा पीएजीडीको दबदबा देखिएको छ। बीबीसी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु