नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

श्रमिक–स्वास्थ्य : मास्कको भरमा मजदूरी

२०७७, ६ पुष सोमबार ०५:५२

अनामनगरस्थित करिब सय सेन्टिमिटर गहिराइ भएको खाडल खन्दै गरेको अवस्थामा एक मास्कधारी भेटिए। उनी थिए, गोरखाकाकुमार गुरुङ। उनको हातमा पन्जा थियो टाउकोमा हेलमेट। खुट्टामा सुरक्षित बुटको सट्टा मात्र चप्पल थियो।

कोरोना महामारीका बीच काममा खट्न कत्तिको डर ?’ यो प्रश्नको जवाफ दिन उनी एकछिन अक्मकिए।डराएर के गर्नु ? पेटभोकाउन डराउँदैन,’ एकैछिन रोकिएर उनले जवाफ फर्काए। हुन पनि हो, दैनिक ज्यालामजदुरी गरेर साँझबिहान पेट भर्नेहरुलेकोरोनासँग डराएर काम नै नगरी के खाएर बाँच्नु ? त्यसमाथि २६ वर्षीय कुमारले मजदूरी गरेर आफूसँगै श्रीमती छोराको पेट पनिपाल्नुपर्छ। त्यसैले उनी त्रासमाथि टेकेर काममा खटिएका छन्। तर संयमित हुँदै काम गर्नुपर्ने बेलामा कुमारसँग कोरोनासँग जुध्नेहतियार मास्क बाहेक अरु केही छैन। 

कोरोनासँग डर छैन भनेर सुरक्षाका उपाय नै नअपनाई काम गर्दा संक्रमणको जोखिम हुन्छ नि?’ ‘यो  प्रश्नमा उनको वबाफ थियो, ‘दिनभरि मास्क लगाइएकै नि।कोरोना महामारीका कारण लगाउनैपर्ने बाध्यता भएकाले उनले मास्क चाहिँ किनेका छन्। त्यहीमैलिएको मास्कको भरमा दिनभरि उनी ढुंगा, माटो इँटासँगै महामारीसँग पैठेजोरी खेलिरहेका छन्। रोजगारदाताले पनि कोरोनामहामारीबाट सुरक्षित हुन आवश्यक आधारभूत स्वास्थ्य सामग्री (मास्क, पन्जा, स्यानिटाइजर) उपलब्ध गराएका छैनन्।

कार्यस्थलमा स्वास्थ्य सुरक्षाका सामग्री समेत नहुँदा उनी जोखिम मोलेरै काम गरिरहेका छन्।यो टेलिकमको फाइबर इन्टरनेटविस्तारको काम हो। हामीलाई काममा ठेकेदारले ल्याएको हो। यसैगरी काममा खटाइएको छ। हामी जसरी काम गर्न भन्यो त्यसैगरीगर्ने हो,’ कुमार सुनाउँछन्। उनले ती ठेकेदारसँग काम गर्न थालेको धेरै दिन भएको छैन। 

कुमार आफैंले लेवर काम गरेर स्वास्थ्य सुरक्षाका सामग्री (हेलमेट, बुट, पन्जा) किन्न सक्ने अवस्था कहाँ हुन्छ ? दिनभरि ( घन्टा) कामगर्दा हजार कमाइ गर्छन्।यो रकमले घर खर्च चलाउन ठिकै हुन्छ। सुरक्षा सामग्री आफैं किनेर काम गर्न सकिँदैन,’ उनी भन्छन्, ‘विस्तारैविस्तारै काम गर्ने हो। होस पु¥याएर काम गर्दा अहिलेसम्म त्यस्तो केही चोटपटक लागेको छैन।

उनी नयाँ ठेकेदारसँग काम गरिरहेकाले पनि ठेकेदारसँग राम्रोसँग कुरा नभएकाले कार्यस्थलमा खटिँदा आवश्यक पर्ने स्वास्थ्य सुरक्षाकासामग्री पाइने वा त्यत्तिकै काम गर्नुपर्ने हो भन्नेबारे आफूलाई जानकारी नभएको बताउँछन्।सबै सामग्री किन्न सक्ने क्षमता भएको भएयो काम किन गरिरहनु पथ्र्यो ,’ उनले प्रश्न गरे, ‘आफूसँग जे उपलब्ध त्यसैको प्रयोग गर्नु पनि राम्रो होइन ?’

हुन पनि उनले आफैं स्वास्थ्य सुरक्षाका सामग्री किन्ने हो भने हजार रुपैयाँभन्दा बढी रकम पकेटबाट खर्च हुन्छ। जुन कमाइ गर्न उनलाई दिनभन्दा बढी समय दिनभर खट्नुपर्छ। त्यसैले उनी आफूसँग उपलब्ध एउटा पुरानो मास्क भिरेर काममा खटेका छन्। 

श्रमिकलाई काममा खटाउँदा रोजगारदाताले सुरक्षा स्वास्थ्य सम्बन्धी उचित प्रबन्ध गरी कार्यस्थलमा सुरक्षित वातावरण बनाउनुपर्ने हो।श्रम ऐन २०७४ ले पनि श्रमिकहरुको व्यवसायजन्य तथा स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै कार्यास्थलमा आवश्यक पर्ने स्वास्थ्य सुरक्षाकासामग्री रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। सो व्यवस्था अनुसार कार्यस्थलमा खट्दा आवश्यकता अनुसारकास्वास्थ्य सुरक्षा उपकरण (हेलमेट, बुट, पन्जा, ज्याकेट, बेल्ट इत्यादि) अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था छ। यस्ता सामग्री उपलब्धगराएवापत रोजगारदाताले श्रमिकबाट कुनै पनि शुल्क वा दस्तुर लिन पाउँदैनन्। तर यो व्यवस्था कागजमा मात्रै सीमित हुँदा कुमार गुरुङजस्ता अधिकांश श्रमिक जोखिम मोलेर काम गर्न बाध्य छन्। 

अरु काममा पनि छैन कार्यस्थल सुरक्षा व्यवस्था 

विगत केही महिनादेखि मात्रै ज्यामी काम सुरु गरेका कुमार योभन्दा अगाडि घर रङरोगन (पेन्टिङ) को काम गर्थे। उनको अनुभवमाज्यामी कामभन्दा जोखिमपूर्ण काम रङरोगनको हुन्छ।रङरोगनको काममा यसमा भन्दा धेरै जोखिम छ। अग्लोअग्लो ठाउँमा चढेरज्यान धरापमा राखेर काम गर्नुपर्छ। त्यसमाथि त्यो रङको केमिकलले आँखा छालामा पनि असर पु¥याउँछ,’ कुमारले सुनाए।

ठूलाठूला भवनमा रङरोगन गर्दा डोरी काठ लगाएर झुन्डिएर काम गर्नुपर्ने हुन्छ। यसरी झुन्डिने क्रममा कतिपय श्रमिकलाई लडेरचोटपटक लागेको तथा मृत्युसम्म भएका घटना भइरहेका छन्। यस्तो कामका लागि उचित सुरक्षा व्यवस्था नहुँदा पनि श्रमिकहरुजोखिमपूर्ण ढंगले काम गर्न बाध्य छन्। 

काम गर्दागर्दै लडेर केही भइहाल्यो भने उपचार कसले गर्ने ? फेरि रङले छालामा असर गर्छ। आँखामा पनि असर गर्छ। यसको असर पछिसम्म पनि रहन्छ होला,’ बेल्चाले माटो उठाउँदै कुमारले भने। 

बरु विदेशमा सुरक्षित 

दिउँसोको करिब बजेको थियो। जाडो याममा पारिलो घामले ऊर्जा थपिदिएको थियो। उनी खुब जोशसँग काम गरिरहेका थिए।कुरैकुरामा कुमार विगततिर फर्किए, ‘काम सकेजति गर्छु। कामकै लागि दुई वटा देश खाएर आइसकें।’ 

रोजगारीका लागि उनी कतार युएई गएका थिए। पहिलो पटक वैदेशिक रोजगारीका लागि कतार जाँदा उनको काम बिल्डिङक्लिनरको थियो। काम कमाइ ठिकै थियो। काम खासै अप्ठ्यारो थिएन। दोस्रो पटक होटलमा काम गर्नका लागि उनी युएई पुगेकाथिए। कम्पनी राम्रो नभएपछि उनी युएईबाट वर्षमै फर्किए।विदेशमा कम्पनी राम्रो ¥यो भने नेपालमा भन्दा कमाइ पनि राम्रो हुन्छ, कार्यस्थल सुरक्षा व्यवस्था पनि निकै राम्रो ,’ उनी भन्छन्, ‘त्यहाँ सबै सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्न लगाएर काममा खटाइन्थ्यो।

युएईबाट फर्किएपछि कुमारले देशमै केही काम गर्ने सोच बनाएका छन्।अब आफ्नै देशमा केही गर्नुप¥यो भनेर फर्किएको हो। मलाईजुनसुकै काम गर्दा पनि लाज, अप्ठ्यारो केही लाग्दैन,’ कुमार भन्छन्, ‘तर यहाँ एक दिन काम भयो भने ÷ दिन बेरोजगार बस्नुपर्छ।कसरी गुजारा गर्ने भनेर चिन्ता लाग्न थालेको छ।

छोरा हुर्किंदै गएसँगै कुमारमाथि पनि जिम्मेवारी थपिएको छ। छोरा विद्यालय पठाउने बेला भएपछि छाक टार्न मात्रै पुग्ने काम गरेर हुँदैन।अझ हिजोआज खासै बिरामी पनि परेका छैनन्। बिरामी परेर उपचार गराउनुप¥यो भने ऋण काढ्नुपर्ने अवस्था आउँछ। फेरि ऋण पनिकसले पत्याउनु ? ‘अहिलेसम्म खासै बिरामी परिएको छैन, बिरामी भएर काम गर्न सकिएन भने बर्बाद हुन्छ,’ उनी भन्छन्, ‘हामीकमाउँदै खाँदै गर्नेलाई केही रोग लागेर उपचार गराउनुप¥यो भने आपत पर्छ।

यी कुराहरु सोच्दा देशमै केही गर्ने सोचले फर्किएका कुमार झसंग हुन्छन्। देशको बेरोजगारी समस्या आफ्नो भोगाइले उनलाई फेरिझस्काउन थालेको छ। देशमै केही गर्छु भनेर फर्किएका उनीजस्ता धेरै कुमारहरुलाई पनि देशको बेरोजगारी समस्याले तसाइरहेको छ।(स्वास्थ्य खबर पत्रिकाबाट साभार)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु