टोकियोमा एकै दिन हाल सम्मकै उच्च संख्यामा कोरोना संक्रमित पुष्टि

२०७७, २ पुष बिहीबार १३:२५

टोकियो । जापानको राजधानी टोकियोमा आज कोरोना भाइरसबाट ८२२ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

फाइल फोटो

राजधानी टोकियोमा आज (विहिवार) थपिएको यो संख्या अहिलेसम्मकै सर्वाधिक धेरै हो । जापानमा कुनैपनि प्रिफेक्चरमा एकैदिन यतिधैरै संख्यामा कोरोनाका बिरामी थपिएको यो पहिलोपटक हो । टोकियोमा यसअघि डिसेम्बर १२ मा सबैभन्दा धेरै ६२१ जनामा कोभिड १९ भाइरस संक्रमण पाईएको थियो । आज दिउँसो ३ बजेसम्म पुष्टि भएका सहित टोकियोमा कोरोना संक्रमितको संख्या ४९,४९० पुगेको छ ।

Comments

ताजा खबर