राष्ट्रिय अनुसन्धान विभागको सहायक पदको परीक्षा तालिका सार्वजनिक, हेर्नुस् सूचनासहित

२०७७, २ पुष बिहीबार १३:१२

काठमाडौं, पुष  राष्ट्रिय अनुसन्धान विभाग र अन्तर्गतका कार्यालयमा रिक्त रहेको सहायक सूचक (राजपत्र अंकित चतुर्थ श्रेणी सरह) पदको लागि विभागले प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षा तालिका प्रकाशित गरेको छ ।

फाइल फोटो
विभागले २३२ पदमा खुला तथा समावेशी प्रतियोगिात्मक परीक्षा प्रणालीद्वारा पदपूर्तिका लागि विभाग गत बर्ष पुस १८ गते प्रकाशित गरेको विज्ञापनको परीक्षा तालिका प्रकाशित गरेको हो । 

उक्त विज्ञापन कोभिड १९ को संक्रमणको कारण स्थगित भएकोमा विभागले हाल परीक्षा कार्यक्रम सार्वजनिक गरेको हो ।
हेर्नुस् सूचना

सहायक-सूचक-पदको-लिखित-परीक्षा-page-001.jpg

2.JPG

Comments

ताजा खबर