एउटै सडकमा दुई पुलको शिलान्यास

२०७७, १ पुष बुधबार १६:०८

पाल्पा । सिद्धार्थ राजमार्गको डुम्रे बाट सिधै कुसुमखोला जाने सडकमा दुईवटा पक्की मोटरेबल पुलको शिलान्यास भएको छ । बुधबार भएको संक्षिप्त कार्यक्रमका बिच चकल्दी खोलामा बन्ने पुलको संघीय सांसद माननीय सोम प्रसाद पाण्डे र डुम्रे पानिमिलको तानसेन खोलामा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिलान्यास गर्नुभएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट दुई वटा पक्कि पुलको लागि प्रतीपुल चार – चार करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । डुम्रे चकल्दी कुसुमखोला मोटरबाटोका लागि कुल १४ करोड ९० लाख बिनियोजन भएको थियो ।
पुल निर्माण हुने भएपछी तानसेन बाट पश्चिम जाने बैकल्पिक मार्गको रुपमा यो सडक प्रयोग हुनेछ भने सवारी चापमा कमि आउने अपेक्षा लिईएको छ ।

Comments

ताजा खबर