तिनाउ गाउँपालिकाले बाँस योजना तयार गर्दै ।

२०७७, ३० मंसिर मंगलवार १४:१३
 सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले पालिका स्तरीय खानेपानी सर सफाइ तथा संच्छता कार्यक्रम सम्बन्धि योजना (बाँस योजना) तयारी गरि पुस्तिकाको रूपमा सार्वजनिक गरेको छ ।
उक्त बाँस वास योजना पुस्तिका एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले सार्वजनिक गर्नुभएको हो । वास योजना तयारी गर्न गाउँपालिका तथा वडास्तरीय कार्य दल गठन गरि गणकहरू मार्फत तथ्यांक संकलन गरिएको थियो । खानेपानी योजनाहरु र सरसफाइ सम्बन्धि प्राप्त तथ्यांकहरू वडा र पालिकामा छलफल गरि वास योजना पुस्तिका तयार गरिएको हो । गाउँपालिकाले तयार गरेको वास योजना अनुसार खानेपानी तथा सरसफाइको कार्यक्रम संञ्चालन गरिने गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो । वास योजना सार्वजनिकिकरण कार्यक्रम उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ,वडा अध्यक्षहरू तथा कार्य पालिका सदस्यहरू,वास फोकल पर्सन कृष्ण कार्की,गाउँपालिका सुचना अधिकृत तुल बहादुर घर्ती मगर लगाएतको उपस्थिति रहेको थियो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु