नयाँ अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक सुरु

२०७७, ३० मंसिर मंगलवार १२:३६

काठमाडौं,  मंसिर ३० नयाँ अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

फाइल फोटो

बैठकमा प्रधानमन्त्री ओलीका अलवा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान पनि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि स्थगित भयो । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक डाकेका ओलीले ३ जना हुँदा पनि संवैधानिक परिषद्को बैठकले निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु