पाल्पामा शिव सेना नेपालले माेटर साइकल र्याली सम्पन्न

२०७७, २९ मंसिर सोमबार ०३:३१

सन्ताेष गहतराज ,पाल्पाको रामपुरमा कालिगण्डकी पाल्पा शिव सेना नेपालले अाइतबार माेटर साइकल ग्याली निकालेको छ । बेसि जनता तथा पाल्पा जिल्ला बासी जनताको आयोजनामा बाईक तथा मोटरसाइकल र्याली सम्पन्न भएको गरेको हाे ।
राजा ल्याऔं देश बचाऔ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नाराका साथ पाल्पा शिव सेना नेपाल माेटरसाइकल ग्याली निकालेकाे हाे ।

ग्याली बेझाडबाट शुरु भई किसान बारी, तालपोखरा , मटेरी हुदै पुन बेझाड चोकमा पुगि कोणसभामा परिणत भएको थियो।
शिव सेना नेपाल पाल्पाका जिल्ला अध्यक्ष ओम प्रकाश पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको सभामा अभियान्ता राजेन्द्र ढकाल र शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल‌ बस्नेत बाबाले अहिले देशमा जनतालाई राजाकाे अनुभुती भएको बताउनु भयाे ।

देशमा राजतन्त्र अनत्य भए पछि सयांै छाेटे राजाहरू जन्म भएको बताउदै देशमा चरम भष्टचार बढेकाे तथा अन्नाय र अत्याचारमा परेका नागरिकहरूले समेत न्याए नपाएकोले देशका नागरिकहरूलाई राजाकाे अनुभुती भएको बताउदै अब जनताले चाहेमा छिटै राजतन्त्र फर्कने पनि बताउनु भयाे ।

ग्याली शुरु हुन अगाडि शिव मन्दिरमा रामपुर बासी बृद्ध आमा बुबाहरुलाई शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबा द्वारा सम्मान गरिएको थियो।
शिव सेनाकै केन्द्रीय सदस्य अनिल जैसवालद्वारा संचालन गरिएको कार्यक्रममा सम्पुर्ण बक्ताहरुको एउटै माग थियो नेपाललाई हिन्दुअधिराज्य घोषणा र राजसंस्थाको पुनर्स्थापनाका बिषयमा बाेल्नु भएको थियाे ।

आगामी कार्यक्रम यहि २९ गते १२ बजे कपिलवस्तुको जितपुरमा समेत रहेको शिव सेना पाल्पाका अध्यक्ष ओम प्रकाश पाण्डेले जानकारी दिनुभयो।

Comments

ताजा खबर