यात्रुबाहक सवारीसाधनमा यात्रुले देख्ने गरी भाडादर टाँसियो

२०७७, २६ मंसिर शुक्रबार १५:०१

पाल्पा । सार्बजनिक सवारीसाधनमा यात्रुभाडादर टास्ने कामको सुरुवात पाल्पामा गरिएको छ । पछिल्लो समयमा सार्वजनिक भाडाका सवारी साधनले यात्रुसंग धेरै भाडा लिएको गुनासो बढेपछी भाडादर टास्ने कार्य गरिएको हो ।
सवारी साधनहरुमा सम्पूर्ण यात्रुहरुले सहज रुपमा देख्ने गरी नेपाल सरकारद्धारा निर्धारण गरिएको यात्रु भाडादर टाँस गर्ने अभियान अन्तर्गत तानसेन बाट छुट्ने सार्बजनिक सवारीका साधनमा भाडादर टासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक उपेन्द्र वुढाथोकीले बताउनुभयो ।
पाल्पामा संचालन गरेका यातायात व्यवसायी सँगको समन्वयमा सार्वजनिक यातायातका सवारी साधनहरुमा अनिवार्य रुपमा यात्रु भाडादर टाँस गर्ने कार्य सुरुवात गरिएको हो । यात्रु भाडादर टासिएछी सवारीसाधनको भाडामा यात्रु ठगिने कार्यको अन्त्य हुने अपेक्षा लिइएको छ ।
बिहिवारबाट सुरु भएको अभियान आगामी दिनमा लुम्बिनी प्रदेशभर भई नेपालभर चल्ने सम्पूर्ण सवारी साधनहरुमा लागू गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Comments

ताजा खबर