वीर अस्पतालमा कोभिडसँगै ननकोभिडको उपचार सुरु

२०७७, २६ मंसिर शुक्रबार ०९:४८

काठमाडौंवीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा सुरु गरेको छ। कोभिडसँगै ननकोभिडका बिरामीलाई पनि सबै सामान्य तथाविशेषज्ञ सेवाहरु बुधबारदेखि सुरु गरेको अस्पतालले जनाएको छ। 

अस्पतालले जारी गरेको सूचनामा भनिएको , ‘कोभिड१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथ साथै अन्यननकोभिडका बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै प्रदान गर्दै आइरहेकाले सबै बिरामीलेअस्पतालबाट आवश्यक सेवा लिन सकिन्छ।

 

Comments

ताजा खबर