नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स

२०७७, २६ मंसिर शुक्रबार ०९:०७

बलेवा। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गर्नुभएको नगर प्रमुखले  नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गर्नुभएको हो

झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे रु  ११ लाखमा खरीद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुखप्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताउनुभयो पश्चिम बागलुङमा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए स्थानीयतहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरीद गर्ने वाचा गर्नुभएको थियो बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रकोएम्बुलेन्स बिग्रिएपछि आपत्कालीन समयमा नगरपालिकाले छिमेकी बडिगाड गाउँपालिकासँग सहयोग माग्ने गरेको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु