जर्जियामा तेस्रोपटक मतगणना गर्दा पनि बाइडेन नै विजयी

२०७७, २३ मंसिर मंगलवार ०५:४१

एजेन्सी, २३ मंसिर अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जियामा भएको चुनावमा जो बाइडेन विजयी भएको तेस्रो पटक घोषणाभएको राज्य सचिव ब्राड राफेन्सपरगरले बाइडेन १२ हजार मत पाएर राष्ट्रपति चुनावमा विजयी भएका घोषणा गरेका हुन्

फोटो फाईल

राष्ट्रपति डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाएपछि नोभेम्बरमा दोस्रोपटक मतगणना गरिएको थियो जसमा नतिजामा कुनैपरिवर्तन आएको थिएन ट्रम्पले हार स्वीकार नगरेपछि तेस्रोपटक मतगणना गर्दा पनि नतिजा हुबहु त्यही आएको हो

राष्ट्रपति ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै जर्जियामा धाँधली भएको आरोप लगाउँदै आएका थिए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु