सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

२०७७, २३ मंसिर मंगलवार ०५:०९

काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाटसगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागलेसगरमाथाको उचाइ मापन गरेको हो

विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो विसं २०७२ मा गएकोभूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ नापेको हो

विभाग स्रोतका अनुसार सगरमाथाको हालको आठ हजार ८४८ मिटर उचाइ केही बढेको कति बढेको भन्ने अहिले बाहिर ल्याइएकोछैन विभागले दिउँसो :३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचनाअधिकारी दामोदर ढकालले जानकारी दिनुभयो

Comments

ताजा खबर