सिलगुडी–चारआली पाइपलाइन परियोजना कार्यान्वयनमा संसदीय समितिको चासो

२०७७, १८ मंसिर बिहीबार २३:५८

काठमाडौं । संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमताविस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति विमल श्रीवास्तवसहितको टोलीले आज नेपाल आयल निगमले उच्च प्राथमिकका साथ कार्यान्वयनमा ल्याएकाती परियोजना कार्यान्वयनमा भएका प्रारम्भिक कामका विषयमा चासो व्यक्त गरेको हो ।

सिलगुडी–झापा क्रसबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना गौरवको आयोजना भएकाले तोकिएको समयमै सम्पन्न गर्न आफूहरुलेनिर्देशन दिएको समितिका सभापति श्रीवास्तवले जानकारी दिए । “हामीले उक्त परियोजनाका प्राविधिक पक्षबारे जानकारी लियौँ”, उनले भने, “कमभन्दा कम क्षतिमा परियोजना निर्माण अगाडि बढाउन निर्देशन दिएका छौँ ।”

संसदीय टोलीलाई भारतीय आयल कर्पोरेशन र नेपाल आयल कर्पोरेनशका प्राविधिकले संयुक्त परियोजनाका बारेमा जानकारी दिएकाथिए । प्राविधिक टोलीले सिलगुडीबाट झापासम्म पाइपलाइन निर्माण गर्न तीन वटा सम्भावित मार्गबारे अध्ययन गरेको थियो ।

क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्र्याउने तथा कम्तीमा तीन महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डारण गृहनिर्माण गर्ने सरकारको योजनालाई मूर्तरुप दिन पछिल्लो समय निगम लागि परेको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनपरियोजना तथा एलपीजी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण तथा प्रदेश नं १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण क्षमताविस्तार गर्ने परियोजनालाई निगमले उच्च प्राथमिकतामा राखेको छ ।

नेपाल आयल निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुडीबाट झापा पेट्रोलियम पाइपलाइनजोड्ने परियोजनाको खाका तयार भइसकेको छ । निगम तथा भारतीय आयल कर्पोरेसनबाट संयुक्त रुपमा पाइपलाइन सर्भे गर्ने कामसम्पन्न भइसकेको छ । संयुक्त सर्भे टोलीले पहिचान गरेका स्टकमध्ये उपयुक्त रुटको एकीन गर्ने कार्य निगमको प्राविधिक टोलीलेसम्पन्न गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना अगाडि बढाउने उल्लेख छ । मोतिहारी–अमलेखगण्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाई विस्तार गरेर चितवनको लोथरसम्म लैजाने सरकारको योजना छ । त्यसैगरी भारतकोसिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने नीति कार्यक्रममासमेटिएको छ ।

यस्तै चारआलीमा निर्माण हुने करिब चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण तथा एलपी ग्यास बोटलिङ प्लाण्ट निर्माण गर्नअन्तर्राट्रिय परामर्शदाता नियुक्त भइसकेको छ । परामर्शदाताले निर्माण कार्य शुरु गरिसकेको छ । निगमले भद्रपुर विमानस्थलमा सानाएभिएसन परियोजनाअन्तर्गत अत्याधुनिक प्रविधियुक्त ६० हजार लिटर क्षमताका दुई भण्डारणयुक्त ट्याङ्कमार्फत रिफ्युलिङ गर्नेपद्धतिको निर्माण कार्य शुरु गरिसकेको छ । उक्त विमानस्थलमा रिफ्युलिङ सेवा वैज्ञानिक र प्रभावकारी नहुँदा समस्या देखिएको थियो। संसदीय टोलीमा समितिका सदस्य भीमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृतादेवी अग्रहरी सहभागी रहेका थिए ।

Comments

ताजा खबर